प्रधानमन्त्रीद्धारा धरहराको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा आज आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरामा राखिएको शिलालेख अनावरण गरेका गिए । त्यपछि उनी बालकोनीमा पुगेका थिए । बालकोनीबाट ओलीले काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिस गरेका थिए ।
२०७२ सालको विनासकारी भुकम्पले भत्काएको धरहराको छेउमा बनाइएको नयाँ धरहराको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र सहभागी रहका छ । २०७२ सालको भूकम्पले नौ तले धराहरा भत्किएको थियो । पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको हो । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ ।
धरहराको फेदमा निर्माण हुनुपर्ने अन्य संरचनागत कामहरु भने अझै सकिएको छैन । धरहरा निर्माणको सम्पूर्ण काम नसकिएकाले सर्वसाधारणलाई अवलोकनका निर्माणको काम सकिएपछि मात्र खुला गर्ने प्राधिकरणले जनाएको छ । भूकम्प गएको ६ वर्ष पुगेपनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो । गजुर सहितको स्तम्भ तयार गर्न ३ अर्ब ४८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ । धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरणको भनाई छ ।














सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
यी हुन् श्रम संस्कृति पार्टीले छानेका ४ समानुपातिक सांसद
हुरीका कारण झापामा केराखेतीमा क्षति
छोरीसँगै किमजोङ द्वारा रकेट प्रहार अभ्यास अवलोकन
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया