प्रधानमन्त्रीद्धारा धरहराको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा आज आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरामा राखिएको शिलालेख अनावरण गरेका गिए । त्यपछि उनी बालकोनीमा पुगेका थिए । बालकोनीबाट ओलीले काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिस गरेका थिए ।
२०७२ सालको विनासकारी भुकम्पले भत्काएको धरहराको छेउमा बनाइएको नयाँ धरहराको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र सहभागी रहका छ । २०७२ सालको भूकम्पले नौ तले धराहरा भत्किएको थियो । पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको हो । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ ।
धरहराको फेदमा निर्माण हुनुपर्ने अन्य संरचनागत कामहरु भने अझै सकिएको छैन । धरहरा निर्माणको सम्पूर्ण काम नसकिएकाले सर्वसाधारणलाई अवलोकनका निर्माणको काम सकिएपछि मात्र खुला गर्ने प्राधिकरणले जनाएको छ । भूकम्प गएको ६ वर्ष पुगेपनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो । गजुर सहितको स्तम्भ तयार गर्न ३ अर्ब ४८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ । धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरणको भनाई छ ।










लुटपाटमा संलग्नहरुको नाम र ठेगाना उपलब्ध गराउन कास्की प्रहरीको आग्रह
रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
बालबालिकामा कुपोषण दर उच्च
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया