नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

काठमाडौँ । आगामी रणनीति तयार गर्नका लागि आज गण्डकी प्रदेशमा कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । पार्टीको आन्तरिक छलफल गर्न शनिबार दिउँसो पार्टीको बैठक बोलाइएको प्रदेश सांसद विष्णु लामिछानेले जानकारी दिए ।
नयाँ सरकार बनाउन भोलि आइतबार गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको आह्वान गरिएको छ । सोही विषयमा छलफल गर्न आज कांग्रेसले बैठक बोलाएको हो। ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमो) र जनता समाजवादी पार्टी (जसपा)बीच सहमति भएको थियो । उनीहरूसँग सरकार बनाउन बहुमत देखिको हुँदा कांग्रेस नेतृत्वको सरकार बन्ने देखिएको छ । कांग्रेसले गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।
गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । उनीहरुले कांग्रेसका नेता नेपालीलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तावित गरिएको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया