नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

काठमाडौँ । आगामी रणनीति तयार गर्नका लागि आज गण्डकी प्रदेशमा कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । पार्टीको आन्तरिक छलफल गर्न शनिबार दिउँसो पार्टीको बैठक बोलाइएको प्रदेश सांसद विष्णु लामिछानेले जानकारी दिए ।
नयाँ सरकार बनाउन भोलि आइतबार गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको आह्वान गरिएको छ । सोही विषयमा छलफल गर्न आज कांग्रेसले बैठक बोलाएको हो। ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमो) र जनता समाजवादी पार्टी (जसपा)बीच सहमति भएको थियो । उनीहरूसँग सरकार बनाउन बहुमत देखिको हुँदा कांग्रेस नेतृत्वको सरकार बन्ने देखिएको छ । कांग्रेसले गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।
गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । उनीहरुले कांग्रेसका नेता नेपालीलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तावित गरिएको छ ।








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
UML 11th National Congress: Candidacy filing taking place today
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया