त्रिदेशीय टी–२० क्रिकेट फाइनल
नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच शुरुभएको छ । नेदरल्याण्डले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको हो ।
नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तेस्रो खेलमा नेदरल्याण्डस्सित तीन विकेटले पराजित भएको थियो ।
चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो । यस्तै नेदरल्यान्ड्सले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो । एउटा खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो ।
पहिलो खेलमा नेदरल्याण्डस्लाई पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च रहेको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् ।
घरेलु खेल मैदान भएका कारण पनि नेपाल नेदरल्याण्डस्माथि हाबी हुने उनको विश्वास छ ।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया