भारतको उत्तराखण्डमा हिम ताल फुट्दा आठको मृत्यु, कैयौं घाइते

उत्तराखण्ड । भारत उत्तराखण्डको चमोलीमा हिम ताल फुट्दा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय सेनाले जनाएको छ ।
चीनसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेर तल्लो क्षेत्रमा बाढी आएको उत्तराखण्डका मुख्यमन्त्री तीर्थ सिंह रावतले पुष्टि गरे । उनले घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र छ घाइतेको स्वास्थ्य गम्भीर अवस्थामा रहेको बताए ।
घटनापछि विभिन्न स्थान फसेका करिब चार सय व्यक्तिलाई उद्धार गरिएको पनि उनले बताए । हिम ताल फुटेपछि नजिकै सडक निर्माणमा खटिएका कामदारका दुई शिविरमा असर परेको थियो । हिमताल शुक्रबार अपरान्ह्तिर (करिब ४ बजे) फुटेको भएपनि खराब मौसमका कारण शुक्रबार बेलुका उद्धारका लागि कठिनाइ भएको भारतीय सेनाले जनाएको छ ।
शनिबार बिहानैदेखि उद्धारको काम भएको र अहिले पनि अरु केहीको मृत्यु भएको हुन सक्ने आशङ्कामा खोजी भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिमताल फुटेर गएको बाढी तथा पहिरोका कारण सो क्षेत्रको सडक सञ्जालमा अवरोध आएको छ । चमोलीमा फेब्रुअरी पनि हिमताल फुटेर बाढी आउँदा कम्तीमा ७० जनाको ज्यान गएको थियो ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया