भारत सरकारले कोभिड–१९ विरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट दिने

नयाँ दिल्ली । भारत सरकारले कोभिड–१९ विरूद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय शनिबार गरेको छ । सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने भएको छ ।
यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकमा भएको हो । पछिल्ला केही दिनहरूमा देशका विभिन्न भागहरुमा रहेका कोभिड–१९ विशेष अस्पतालहरुमा अक्सिजनको तीव्र अभाव रहेका र विरामीहरूले अक्सिजन अभाबका कारण ज्यान गुमाउने अवस्था आएको भनी विभिन्न भारतीय सञ्चारमाध्यममा आएका समाचारपछि सरकारले यो निर्णय गरेको हो ।
संघीय वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले चिकित्सा ग्रेड अक्सिजनको आपूर्ति तथा घर वा अस्पतालमा बिरामीको हेरचाहका लागि आवश्यक पर्ने उपकरणहरूको आपूर्ति तत्काल बढाउनुपर्नेमा जोड दिएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दैनिक पुष्टि भएका कोभिड–१९ सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन लाख ४६ हजार पुगेको र दुई हजार ६२४ सङ्क्रमित व्यक्तिको विगत २४ घण्टामा मृत्यु भएको छ ।
















तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया