भारत सरकारले कोभिड–१९ विरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट दिने

नयाँ दिल्ली । भारत सरकारले कोभिड–१९ विरूद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय शनिबार गरेको छ । सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने भएको छ ।
यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकमा भएको हो । पछिल्ला केही दिनहरूमा देशका विभिन्न भागहरुमा रहेका कोभिड–१९ विशेष अस्पतालहरुमा अक्सिजनको तीव्र अभाव रहेका र विरामीहरूले अक्सिजन अभाबका कारण ज्यान गुमाउने अवस्था आएको भनी विभिन्न भारतीय सञ्चारमाध्यममा आएका समाचारपछि सरकारले यो निर्णय गरेको हो ।
संघीय वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले चिकित्सा ग्रेड अक्सिजनको आपूर्ति तथा घर वा अस्पतालमा बिरामीको हेरचाहका लागि आवश्यक पर्ने उपकरणहरूको आपूर्ति तत्काल बढाउनुपर्नेमा जोड दिएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दैनिक पुष्टि भएका कोभिड–१९ सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन लाख ४६ हजार पुगेको र दुई हजार ६२४ सङ्क्रमित व्यक्तिको विगत २४ घण्टामा मृत्यु भएको छ ।










रवि लामिछाने आज नछुट्ने
रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया