भारतमा अक्सिजनको कमी हुनु दुखद् घटना : ग्रेटा
काठमाडौँ । स्वीडनकी पर्यावरण अभियानकर्ता ग्रेटा थनबर्गले भारतमा अक्सिजनको कमी भएको घटनाले आफूलाई दुःखी बनाएको बताएकी छन् । उनले आफ्नो समाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।
‘दुनियाँभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ, भारतमा यसको दर कल्पनासम्म गर्न नसक्ने अवस्थामा पुगेको छ,’ उनले भनिन्, ‘सबै मिलेर भारतलाई सहयोग गर्नु पर्ने बेला आएको छ, कोरोना भाइरसको दोस्रो लहर बढ्दै जाँदा भारतको राजधानी दिल्लीमा समेत मेडिकल अक्सिजन, बेड र औषधि कमी हुन पुगेको छ, यो दुखको कुरा हो ।’
ग्रेटा थनबर्गले पर्यावरणको असरबारे विश्वभर अभियान सञ्चालन गर्दै आएका छन् । १५ वर्षको उमेरदेखि पर्यावरणका विषयमा आवाज उठाउँदै आएकी उनले बेलायत, अमेरिकालगायत विश्वका विभिन्न देशहरुमा पुगेर अभियान चलाउँदै आएकी छन् ।
छिमेकी देश भारतमा कोरोना संक्रमणको पुष्टिले नयाँ रेकर्ड कायम गरेको छ । शनिबार एकै दिन भारतमा ३ लाख ४८ हजार ९७९ जनामा कोरोना पुष्टि भएको थियो । यो एकैदिन संक्रमित भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
















हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया