शनिबार, चैत २१, २०८२

पत्रकार तामाङ पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन काठमाडौंको ध्यानाकर्षण

मेरोन्यूज २०७८ वैशाख १२ गते १४:३१

काठमाडौं । उज्यालो नेटवर्क डटकमका पत्रकार अनिश तामाङ पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ । शाखाले आइतबार एक विज्ञप्ति जारी गदै सञ्चार गृहमा प्रहरीको हस्तक्षेप, सञ्चार सामाग्री नियन्त्रण र पत्रकार पक्राउ गर्ने घटनाको घोर भत्र्सना गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence


प्रकाशित समाचारको विषयमा प्रश्न भए त्यसको समाधान खोज्ने निकाय हुँदाहुँदै सुरक्षाकर्मी कै सक्रियता देखिनुले केही गम्भीर प्रश्नहरु खडा भएका शाखाको विज्ञप्तिमा भनिएको छ । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न हामी जोडदार माग गर्दछ । तत्काल गिरफ्तार पत्रकार तामाङलाई रिहा गरियोस्,” विज्ञप्तिमा उल्लेख छ । तत्काल गिरफ्तार पत्रकार रिहाई गर्न र उच्च अदालत पाटनको आदेशको सम्मान शाखा सरकारको ध्यानाकर्षण गराएको हो ।

उज्यालो नेटवर्क डटकमका सम्पादक पक्राउ

प्रेस विज्ञप्ति ०७८ वैशाख १२

उज्यालो नेटवर्क डटकमको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि पत्रकार अनिश तामाङ पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन काठमाडौं शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस युनियन काठमाडौं शाखा सञ्चार गृहमा प्रहरीको हस्तक्षेप, सञ्चार सामाग्री नियन्त्रण र पत्रकार पक्राउ गर्ने घटनाको घोर भत्र्सना गर्दछ । प्रकाशित समाचारको विषयमा प्रश्न भए त्यसको समाधान खोज्ने निकाय हुँदाहुँदै सुरक्षाकर्मीकै सक्रियता देखिनुले केही गम्भीर प्रश्नहरु खडा गरेका छन् । उच्च अदालतले समेत समाचार लेखेका आधारमा सञ्चारकर्मीमाथि धरपकड नगर्न दिएको आदेशको अवज्ञा हुनु अत्यन्त नि न्दनीय विषय हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न हामी जोडदार माग गर्दछ । तत्काल गिरफ्तार पत्रकार तामाङलाई रिहा गरियोस् । प्रेसलाई तर्साउने नियतले हुने जुनुकनै प्रकारको आक्रमण प्रेस युनियनका लागि सह्य हुनेछैन । तत्काल गिरफ्तार पत्रकार रिहाई गर्न र उच्च अदालत पाटनको आदेशको सम्मान गर्न नेपाल प्रेस युनियन काठमाडौं शाखा सरकारको ध्यानाकर्षण गराउँदछ ।

जगन्नाथ दुलाल अध्यक्ष

प्रतिक्रिया