कैलालीमा आगलागीबाट करोडौँको वन पैदावार नष्ट

कैलाली । कैलालीको जानकी गाउँपालिका–६ जगतपुरस्थित कैलाशेश्वर सामुदायिक वनमा आइतबार दिउँसोदेखि भीषण आगलागी भएको छ । समूहका अध्यक्ष खडक शाहले लायकपुर मुक्त कमैया शिविर नजिकै सामुदायिक वन क्षेत्रमा आगलागी भएको जानकारी दिए ।
आगलागीबाट करोडौँको वन पैदावार नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि टीकापुर र लम्की चुहा नगरपालिकाका दुई दमकल, दुई स्थानीय तह र रानी जमरा कुलरिया सिँचाइ आयोजनाका ३ स्काभेटर, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दा र उपभोक्ता नियन्त्रणमा खटेका छन् । आगो लायकपुर बस्ती नजिकै रहेको जंगलबाट शुरुआत भएको जनाइएको छ ।
आगलागी बस्तीमा आउनबाट जोगाइएको भए पनि वनमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आएको छैन । सुकेका रुखमा लागेको आगो नियन्त्रणमा आएको छैन । आगलागीबाट १० हेक्टरमा रहेका वन पैदावार जलेर नष्ट भएको शाहको भनाइ छ । सो सामुदायिक वन ४६० हेक्टर जमीनमा फैलिएको छ । आगलागीका कारण करोडौँ क्षति भएको छ । पुराना सालका रुख, नयाँ पलाउँदै गएका पालुवा समेत नष्ट भएका छन्’’, उनले भने, ‘‘अत्यधिक गर्मी बढेको र हावाहुरी चल्ने भएकाले आगो फैलने जोखिम छ ।
आगलागी बस्तीमा आएमा नियन्त्रण गर्न सकिदैन ।’’पछिल्लो समय देशैभरि रहेका सामुदायिक वनमा आगलागी तथा डढेलोका कारण करोडौँको वन पैदावार नष्ट भएको छ । जिल्लाका अधिकांश सामुदायिक वनले आगलागीबाट बच्न अग्नीरेखा निर्माण समेत गरेका छन् । ‘‘ नागरिकको लापरवाही, उपभोक्ताको हेलचेक्र्याइले वनमा आगलागी जस्ता घटना भइरहन्छन्’’। जिल्लामा ५७६ सामुदायिक वन छन् ।
यी वनमा अधिकांश वन बस्तीसँग जोडिएका छन् । बस्तीसँग जोडिएका वन आगलागीको जोखिममा पर्ने गर्दछन् । ‘‘वर्षेनी कैलालीका दर्जनौँ वनमा आगलागी हुँदा करौडौँको क्षति हुन्छ । रासस


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया