राजनीतिक स्थायित्व र समृद्धिका लागि प्रवासीको सहयोग अपरिहार्य : भट्टराई

पोर्चुगल । नेकपा एमालेका केन्द्रीय सदस्य डा. राजन भट्टराईले वर्तमान नेपाल सरकार जनअपेक्षित काममा अग्रसर रहेको बताएका छन् ।
प्रवासी नेपाली एकता मञ्च पोर्चुगलले आयोजना गरेको ७३औँ नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस शुभकामना आदानप्रदान तथा नेपाली भित्तेपात्रो विमोचन कार्यक्रममा पार्टी विदेश विभाग प्रमुख डा भट्टराईले राजनीतिक स्थायित्व र समृद्धिको अभियानमा प्रवासी नेपाली सबैको साथ र सहयोग अपरिहार्य हुनेमा जोड दिए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले वर्षौँदेखि नेपालीका पूरा हुन नसकेका सपनालाई साकार हुने खालका मेलम्चीको पानी, धरहरा, रानीपोखरी, दरबार हाइस्कूल, बाटो, पुल निर्माण भएर नेपाल नयाँ युगमा प्रवेश गरेको बताए ।
प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बूका अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतम, प्रवास कमिटीका अध्यक्ष भक्त गुरुङ, मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा, मञ्चका पूर्वाध्यक्ष गोविन्द पौडेल, स्थानीय गैरआवासीय नेपाली सङ्घका अध्यक्ष तिलक गैरे, नेपाली महिला समाजका अध्यक्ष निर्मला खराल, शेर्पा सोसाइटीका अध्यक्ष निल्मुह शेर्पा, गुल्मी समाजका अध्यक्ष युवराज पन्थी र जनप्रगतिशील मोर्चाका अध्यक्ष पूर्ण विश्वकर्माले एमाले एक ढिक्का हुनुपर्नेमा जोड दिँदै नेपालका राजनीतिक दल राष्ट्रिय सहमति गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिए ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया