फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त

सुर्खेत । नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका छन् । एमाले कर्णाली प्रदेशस संसदीयदलको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरुलाई पार्टीले पदमुक्त गरेको हो ।
पदमुक्त हुनेमा सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख)बाट निर्वाचित अमरबहादुर थापा रहेका छन् । उनीहरुले बैशाख ३ गते पार्टीको ह्विप विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ ९१० र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो । कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम आज बसेको प्रदेस सभको बैठकमा सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गरेका हुन् ।
हाल थापा प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् भने ज्वाला कुनैपनि जिम्मेवारीमा छैनन् ।
सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेश सभा सांसदको संख्या ३५ मा झरेको छ । माओवादी छोडेर एमालेमा प्रवेश गरेका धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसकेका छन् । सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद अब कर्णाली प्रदेशमा छन् ।
यसअघि एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बेठकले कर्णालीका चार सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया