जापानमा विगत २४ घण्टामा करिब पाँच हजार कोभिड–१९ सङ्क्रमित फेला
मेरोन्यूज
२०७८ वैशाख १४ गते २०:२८

टोकियो । जापानमा मङ्गलबार साँझसम्म कोभिड–१९ सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या थप चार हजार ९५० पुगेको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले उपलब्ध गराउको तथ्याङ्कले देखाएको छ ।
विश्वव्यापी महामारीले पुनः विश्वका अन्य मुलुकहरूमा प्रभाब पारे झै जापानमा पनि कोभिड सङ्क्रमित हुने र यसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । मङ्गलबार मात्र भाइरस सङ्क्रमित ५५ जनाको मृत्यु भएको र यससँगै कोभिड–१९ सङ्क्रमित १० हजार ८० जनाको मृत्यु भइसकेको छ ।
जापानमा अहिलेसम्म पाँच लाख ७६ हजार ६१० कुल सङ्क्रमित भएको राष्ट्रिय तथ्याङ्कले देखाएको छ । स्वास्थ्य मन्त्रालयले अहिले गम्भीर समस्या भई भेन्टिलेटरमा राखिएका ब्यक्तिको सङ्ख्या ९१६ रहेको देखाएको छ । जापानको राजधानी टोकियो, ओसाकालगायतका क्षेत्रमा सङ्क्रमण दर बढी रहेको छ ।
सम्बन्धित
















एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
प्रतिक्रिया