सिरहामा २६ शैय्याको आइसीयू र भेन्टिलेटरसहितको आइसोलेशन तयार

लहान । बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी सिरहामा २६ शैय्याको आइसोलेशन तयार पारिएको छ ।
जिल्ला अस्पताल सिरहाको मातहतमा रहने गरी सदरमुकाममा तत्कालका लागि २६ शैय्याको आइसोलेशन शय्या तयार पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए ।
बढ्दो कोरोना सङ्क्रमणको ग्राफलाई मध्यनजर गरी बजेट अभावका बाबजुद अक्सिजन प्लान्टसहित पाँच आइसीयू शैय्या र दुई भेन्टिलेटरसमेत गरी २६ आइसोलेशन शैय्या तयारी अवस्थामा राखिएको प्रजिअ कँणेलले बताए ।
यस्तै भारतीय सीमावर्ती क्षेत्र सिरहाको माडरमा होल्डिङ सेन्टर स्थापनाका लागि स्थानीय तहबाट एक÷एक लाख रुपैयाँ आर्थिक सहयोगको आश्वासन आएकाले होल्डिङ सेन्टर स्थापनाको तयारी गरिएको उनको भनाइ छ ।
कोरोना सङ्क्रमण तीव्रगतिमा फैलिन थाले पनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा थप आइसोलेशन शैय्या थप्नेलगायत अपेक्षाकृत पूर्वतयारीको काम गर्न नसकिरहेको प्रजिअ कँणेलले बताए ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले विभिन्न शीर्षकमा प्रदेश सरकारसँग ४७ लाख रुपैयाँ माग गर्ने निर्णय गरी पठाए पनि हालसम्म बजेट प्राप्त नहुँदा समस्या भएको प्रजिअ कँणेलले जानकारी दिए ।
डिसीसिएमसीले जोखिम न्यूनीकरणका लागि २० लाख, सिआइसिटी मोबिलाइजेशन शीर्षकमा १० लाख, अत्यावश्यक औषधि खरिद गर्न २० लाख र एम्बुलेन्स तथा शववाहन परिचालन गर्न सात लाख रुपैयाँ प्रदेश सरकारसँग माग गरेको छ ।
स्थानीय तहलाई आवश्यक पर्ने औषधि, जनशक्ति, सामग्री र स्वास्थ्य उपकरणको पर्याप्त बन्दोबस्त मिलाउनसमेत निर्देशन दिएको उनको भनाइ छ । सिरहामा हाल १२ जना नयाँ सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
तीमध्ये छ जनाको जिल्ला अस्पताल सिरहास्थित आइसोलेसनमा उपचार भइरहेको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया