सुनको मुल्य घट्नुका साथै लकडाउनभर कारोबार बन्द

काठमाडौं । बुधबार सुनको मुल्यमा हस आएको छ । हिजो मंगलबार पनि सस्तो भएको सुन बुधबार प्रतितोला ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ पुगेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन सस्तो हुँनुका साथै चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा किनबेच भएकोमा बुधबार आज १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको हो ।
यसैबिच लकडाउन समयभर बैंकमार्फत सुनको आयातलाई रोक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्णय गरेको छ । लकडाउनका कारण नेपालका प्रमुख शहरमा सुनचाँदीको किनबेच नहुने भएकाले आयात रोक्ने निर्णय गरिएको महासंघद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । महासंघका अनुसार प्रत्येक दिन बैंक मार्फत २० किलो कच्चा सुन अयात भइरहेको छ ।
प्रमुख शहरमा भोली बिहीबारदेखि कारोबार नहुने भएकाले आयात रोक्ने निर्णय गरिएको हो । लकडाउन घोषणा भएका क्षेत्रमा सुन चाँदीको कारोबार रोक्ने र महासंघको कार्यालय पनि बन्द रहने छ । बन्द अवधिमा सुनचाँदीको बजार कारोबार मूल्य भने तोक्ने महासंघले जनाएको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया