कोरोना कहर
भर्ना हुने ९० प्रतिशत संक्रमितलाई अक्सिजन आवश्यक
चिकित्सक भन्छन्-प्रतिमिनेट १५ लिटरभन्दा बढी अक्सिजन दिनुपर्याे

काठमाडौं । कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित भएर अस्पताल भर्ना भएकामध्ये ९० प्रतिशतलाई अक्सिजनको आवश्यकता पर्ने पाइएको छ ।
उपत्यकामा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा तथा स?वा रोग अस्पताल, सशस्त्र प्रहरी अस्पताल बलम्बु र त्रिवि शिक्षण अस्पताललगायतमा पुग्ने संक्रमितमध्ये ९० प्रतिशतलाई अक्सिजन आवश्यक देखिएको चिकित्सकहरू बताउँछन् ।
त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकामध्ये ९० प्रतिशतलाई अक्सिजनको आवश्यक देखिएको अस्पतालका कोभिड फोकल पर्सन डा सविन थपलिया बताउँछन् । उनका अनुसार अस्पतालमा भर्ना भएका ९० प्रतिशत कोभिडका बिरामीले अक्सिजनको सहायता लिएका छन् ।
“कोरोनाका बिरामीका लागि ८४ बेड छुट्याइएको छ,” उनले भने, “ननकोभिडको बिरामी डिस्चार्ज भएपछि ती बेड थपेर एक सय बेड बनाउने तयारी गरिएको छ ।”
शुक्रराज ट्रपिकल तथा स?वा रोग अस्पताल टेकुका निर्देशक डा सागर राजभण्डारीले पछिल्लो तीन सातामा कोरोना संक्रमण देखिएर अस्पताल आउने बिरामीलाई ९० प्रतिशत अक्सिजन चाहिएको बताउँछन् । उनले भने, “पहिलाको कोरोनाको पिक समयमा अस्पतालमा रहेको अक्सिजन प्लान्टले २० दिनसम्म पुग्थ्याे तर अहिले १५ दिन पनि पुग्दैन ।”
अहिले प्रतिमिनेट १५ लिटरभन्दा बढी अक्सिजन दिनुपरेको छ । अघिल्लो पिक समयमा पनि बढीमा ८ लिटरसम्म मात्र अक्सिजन दिनुपर्ने अवस्था थियो । अहिले अक्सिजन खपत बढ्दै गएको उनले बताए ।
अहिले एक्सरे गर्दा धेरैभन्दा धेरै व्यक्तिमा सुरूआतै चरणमा निमोनियाको समस्या देखिएको छ । “कतिपय व्यक्तिलाई खोकी नलाग्दाको समयमा पनि निमोनिया देखिएको छ”, उनले भने ।
कोभिड संक्रमित बढ्दै गएपछि बिग्रेको अक्सिजन प्लान्ट भएको मर्मत गर्ने काम भइरहेको अस्पतालका कोभिड युनिट संयोजक डा अच्युत कार्कीले बताए । उनले भने,“दुई दिनमै प्लानटबाट अक्सिजन सप्लाइ गर्न तयार हुन्छ, हामी मर्मतमा जुटेका छौँ ।”
कोभिडका बिरामीको उपचार गर्न छुट्टै अस्पताल आवश्यक पर्ने देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा बाबुराम मरासिनी बताउँछन् । उनका अनुसार अहिलेकै गतिमा संक्रमितको दर बढ्ने हो भने केही दिनमै भयाभव अवस्था आउँछ ।
अक्सिजन सिलिन्डरको अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले ५० हजार सिलिन्डर ल्याउने निर्णय गरेको छ । त्यसमध्ये २० हजार सिलिन्डर ‘फास्ट ट्र्याक’बाट ल्याइने छ । यसका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन भइ सकेको छ ।
नेपालमा जम्मा ६ हजार अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । निजी क्षेत्रका अक्सिजन प्लान्टले दैनिक ७ देखि ८ हजार सिलिण्डर भर्न सक्ने बताइएको छ । सरकारले अक्सिजन सिलिण्डर अभाव हुनसक्ने आँकलन गर्दै विदेशबाट सिलिण्डर ल्याउने तयारी गरेको छ ।
मन्त्रालयका अनुसार ग्यास पर्याप्त उत्पादन भए पनि सिलिन्डर अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सिलिन्डर उत्पादक मुलुकबाट सिलिन्डर ल्याउन कूटनीतिक प्रयास भइरहेको छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया