टिप्पणी
संसदीय राजनीतिको विकृत रुप गण्डकी प्रदेशमा पनि देखियाे
संसदीय प्रणाली माथिकाे जनविश्वास डगमगायाे

काठमाडौं । संसदीय राजनीतिमा प्रतिपक्ष ‘वेटिङ गभर्मेन्ट ’ हो । संघीय वा प्रदेश सरकार दुवैमा प्रतिपक्षी हुन्छ र सरकारको ‘चेक एण्ड व्यालेन्स’का लागि काम गरिरहेको हुन्छ । संघीय सरकारमा नेपाली कांग्रेस र धेरैजसो प्रदेशमा पनि कांग्रेस नै प्रमुख प्रतिपक्षी रहेको छ ।
प्रमुख प्रतिपक्षीकै हैसियतमा गण्डकी प्रदेशमा सत्ता समीकरणको निर्णायक खेल शुरु हुँदा बुधबार जे जस्ता घट्नाक्रम भए त्यसले एकपटक बहुदलीय व्यवस्था पुनःस्थापनापछिको दशकलाई सम्झाउन थालेको छ । सत्ता समीकरणको निर्णायक शक्ति बनेको राष्ट्रिय जनमोर्चाका तीन सांसद तीनतिर लागेपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीको पद तत्कालका लागि जोगिएको छ ।
बुधबार जनमोर्चाका सांसद खिमविक्रम शाही बिरामी भएको भन्दै अनुपस्थित भएपछि कांग्रेस र माओवादीले पेस गरेका अविश्वास प्रस्ताव अलपत्र पर्यो । शाही बेपत्ता भएको भन्दै जनमोर्चाकै सचेतक पियारी थापाले उनको खोजी गर्न माग गर्दै प्रदेशसभा बैठकको कारवाही रोक्न निवेदन दिइन् ।
जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
उनले निवेदन दिए लगत्तै सभामुख नेत्रराज अधिकारीले एकतर्फी रुपमा सूचना टाँसेर प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिदिए । सभामुखले एकतर्फी रुपमा प्रदेशसभा स्थगन गरेको भन्दै जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले आपत्ति जनाए । एकातिर जनमोर्चाकै सचेतकको निवेदनलाई आधार मानेर सभामुखले संसद स्थगित गरे भने अर्कातिर जनमोर्चाकै दलका नेताले स्थगनको विरोध गरे ।
यसरी हेर्दा तीन जना मात्रै सांसद भएको जनमोर्चाभित्र तीन चित्र देखा परे । जनमोर्चाको केन्द्रले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावलाई साथ दिए पनि प्रदेशसभामा पियारी थापा मात्र त्यस निर्णयको पक्षमा देखिएकी छन् । अन्य दुई सांसद मुख्यमन्त्रीको पक्षमा देखिएको स्पष्ट देखिएको छ ।
जनमोर्चाका दुई सांसद पार्टीको निर्णय स्थानीय कार्यकर्ता र जनताको भावना विपरित रहेको भन्दै विपक्षमा छन् । बागलुङबाट जितेका दुवै सांसदले पार्टीको निर्णयले जिल्लामा भोलिका दिनमा राजनीति गाह्रो हुने भए पनि त्यसलाई खास वास्ता गरेनन । गण्डकी प्रदेशमा बुधबार भएको जुन घट्नाक्रम छ त्यसलाई मानिसहरुलाई विसं २०५१ सालमा कांग्रेसकै दुई सांसदले असहयोग गरेपछि कोइराला नेतृत्वको सरकार ढलेको थियो ।
सांसद शाहीका भाइ भन्छन्– दाइ बिमारी हुनुभएको हो तर चरित्रहत्या भयो
कोइरालाले त्यसपछि मध्यावधि निर्वाचन घोषणा गरे । देउवासमेत गृहमन्त्री रहेका बेला भएको मध्यावधि निर्वाचनमा कांग्रेसलाई एमालेले उछिन्यो र ०५१ सालको मंसिरमा एमालेको सरकार बनेको थियो । २०४८ सालमा ११० सिट जितेको कांग्रेस २०५१ सालको मध्यावधि निर्वाचन ८३ सिटमा खुम्चियो । ८८ सिट जितेर एमाले पहिलो पार्टी बन्यो । त्यहीबेला कांग्रेसले पहिलो झट्का बेर्होनु पर्यो, त्यो पनि देउवा गृहमन्त्री भएका बेला । त्यो बेलासम्म कांग्रेसमा गिरिजाप्रसाद सर्वशक्तिमान थिए ।
जसरी अहिले एमालेभित्र केपी शर्मा ओली शक्तिशाली थिए त्यतिबेलाका कांग्रेस सभापति कोइराला उत्तिकै शक्तिशाली थिए । तर कांग्रेस हारेको चुनावपछि कोइराला विकल्पमा आफूलाई उभ्याउँदै देउवा संसदीय दलको नेता बन्न सफल भए । एमालेको सरकार ढलेपछि पञ्चायत सर्मथक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत समावेस गरेर उनले ५२ जनाको जम्बो मन्त्रिपरिषद् बनाए ।
यस्तो अवस्थामा भेटिए हराएका सांसद शाही
त्यसपछि देउवाले आफ्नो सत्ता टिकाउन अनेकन हत्कण्डा अपनाएका थिए । जायज नाजायज सबै हत्कण्डा अपनाएर सत्ता टिकाएको आरोप देउवामाथि छ । पञ्चलाई सरकारमा ल्याउनेदेखि सुरासुन्दरी, रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता संसदीय विकृतिहरु उनले नै जन्माएका हुन् । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार जुन सांसदहरु प्रयोग भए उनीहरुको राजनीतिक भविष्य कहिल्यै उभो लागेको सुनिएन । अहिले पनि सरकार जोगाउन गण्डकीमा जे गरियो त्यसले संसदीय राजनीतिभित्र त्यतिबेलाको विकृतिलाई पुनरावृत्ति गरिएको आभाष हुन्छ । यसबाट संसदीय प्रणालीमाथि जनविश्वास घट्दै गएकाे छ ।
















गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
फोटोन टुनल्यान्ड जी७ को युरोपमा ऐतिहासिक सफलता
भूपेन्द्रजंग शाहीले लिए उम्मेदवारी फिर्ता
बैतडीका स्वतन्त्र उम्मेदवार चन्दले फिर्ता लिए उम्मेदवारी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया