धरानमा कोरोना संक्रमित एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १६ गते ८:५८

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ ।
धनुषाका ६० बर्षीय वृद्धको उपचारको क्रममा कोभिड अस्पतालमा हिजो (बुधबार) दिउँसो मृत्यु भएपनि प्रतिष्ठानले आज बिहीबार बिहानमात्र जानकारी दिएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलकाअनुसार ती वृद्ध कोभिड अस्पतालमा बैशाख १० गते भर्ना भएका थिए । भर्ना भएलगतै प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको ल्याबमा पिसिआर परिक्षण गर्दा सोही दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया