जनमोर्चाले सोध्यो, ‘सांसदलाई अस्पतालमा वन्दी बनाउनुको कारण के हो ?’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्ना गण्डकी प्रदेश सभा सदस्य खिमबिक्रम शाहीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका सांसदको वस्तुस्थिति सार्वजनिक गर्न माग गर्नुभएको हो ।
शाहीलाई अस्पतालमा एक प्रकारको वन्दीका रुपमा राख्नुको आधार र कारण समेत जनमोर्चाले माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले अस्पतालमा कसैलाई पनि उहाँसित भेट गर्न दिइएको छैन । राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ? उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बुधबार पास/फेल गर्ने कार्यसूची थियो ।
जनमोर्चाका सांसद शाही अनुपस्थित भएपछि खोजी गर्दा पोखराकै चरक मेमोरियल अस्पतालको कोभिड आईसीयूमा भर्ना भएको भेटिएको थियो ।
आफ्ना सांसद नै अज्ञात भएको भन्दै जनमोर्चाकी सचेतक पियारी थापाले निवेदन दिएपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो । यी सबै घटनालाई जनमोर्चाले अस्वभाविक भनेको छ ।
जनमोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? त्यो कुरा बुझ्न हामी असमर्थ छौं ।’

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया