प्रदेशसभालाई महन्थ ठाकुरकाे पत्र– लुम्बिनी प्रदेश सरकारमा सहभागी सांसदलाई कारबाही भएको छैन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा)का सांसदलाई केन्द्रीयस्तरमा कुनै कारबाही नभएको भन्दै प्रदेशसभाका सभामुखलाई पत्र लेखेका छन् ।
अविश्वासका प्रस्तावमा हस्तक्षर गरेर सरकारमा सहभागी भएको भन्दै जसपा प्रदेश कमिटीले कारबाही गरेको थियो । प्रदेश कमिटीले कारबाही गरेको भन्दै आज प्रदेशसभाले उनीहरु पदमुक्त भएको जनाइसकेको छ ।
लुम्बिनी प्रदेशमा पूर्वराजपा नेपाल र पूर्वसमाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको भन्दै अध्यक्ष ठाकुरले पत्रमा कुनै पक्षले गरेको कारबाहीलाई मान्यता नदिन भनेका छन् । उनले पत्रको बोधार्थ मुख्यमन्त्री र जसपा नेपाल लुम्बिनी प्रदेशका संसदीय दलका नेतालाई पनि दिइएको छ ।










ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
सिद्धार्थ बैंकको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया