सीमा क्षेत्रमा पिपिई लगाएर नेपाल र चीनका सुरक्षा अधिकारीको वार्ता

अनिल गिरीको सामाजिक सन्जालवाट
काठमाडौं । नेपाल र चीनका सुरक्षा अधिकारीहरुका वीचमा पीपीई सेट लगाएर सीमा क्षेत्रमा वार्ता भएको छ । नेपाल र चीन जोड्ने रसुवाको मितेरी पुलमा दुई देशका अधिकारीहरुका वीचमा वार्ता भएको हो ।
कोरोना (कोभिड–१९) को महामारी दक्षिणी छिमेकी मुलुक भारतमा भयावह अवस्थामा पुगेको र त्यसको असर नेपालमा पनि तिव्र रुपमा देखा पर्न थालेको वेला दुई देशका सुरक्षा अधिकारीको वार्ता भने सीमा क्षेत्रमा पपिीई सेट लगाएर सम्पन्न भएको छ ।
बिहीबार नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरुका वीचमा छलफल भएको हो । नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले नेतृत्व गरेको टोलीमा जिल्ला प्रहरी प्रमुख डीएसपी देवेन्द्र पाण्डे, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलका अधिकारी सहभागी भएका थिए ।
त्यस्तै, चीनका तर्फबाट केरुङ अध्यागमन प्रशासन प्रहरी कार्यालयका प्रमुख एसएसपी हाओ जुहाइ र डीएसपी इयाङ चाङ सहितको टोली सहभागी भएका थिए ।
छलफलमा सीमा आवागमन र सिमानाका बिषय सहित नेपालले कोभिड–१९ का बिरुद्ध गरिरहेको कारबाहीमा केन्द्रीत रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी ढकालले चिनियाँ पक्षले नेपालमा बढदै गईरहेको कोभिडको संक्रमणका बारेमा चिन्ता ब्यक्त गर्दै यसको नियन्त्रणका लागि भईरहेका प्रयासमा विषयमा केन्द्रीत रहेर बैठकमा छलफल भएको वताए ।

‘कोभिडका विषयमा नेपालले गरिरहेको ब्यवस्थापन, नियन्त्रणका विषयमा हामीले चिनियाँ पक्षलाई जानकारी गराएका थियौं । महामारीकाबीच समकक्षीहरुसँगको भेट त्यही बिषयमा केन्द्रीत थियो,’ प्रजिअ ढकालले भने, -‘सहयोग आवश्यक भएमा जानकारी गराउन चिनियाँ पक्षले अनुरोध गरेको थियो ।’
चिनियाँ पक्षले भने खोपका विषयमा पनि जिज्ञासा राखेका थिए । नेपाल र चीनका सीमाक्षेत्रमा ब्यापारमा संग्लन्न ब्यीक्त तथा यातायात मजदुरहरुलाई खोप लगाए/नलगाएको विषयमा पनि चासो राखेका थिए ।

















चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया