सरकारले भन्यो – कोरोना संक्रमण डर लाग्दो गरी फैलियो

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस डर लाग्दो गरी फैलिरहेकाे बताएको छ । मन्त्रालयले अनुसार नेपालको २२ जिल्लामा डर लाग्दो गरी कोरोना संक्रमण फैलिइरहेको हो ।
मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जारी गरेको सूचनाअनुसार नेपालका मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण दर डर लाग्दो रहेको जनाएको छ । मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर उपचार गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको बताएको छ ।
मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न सबै पक्षलाई आग्रह गर्दै ‘संक्रमण रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाऔँ, भौतिक दुरी कायम गरौँ, साबुन पानीले हात धोऔँ) नै उत्तम उपाय हुन् भनेको छ ।
यस्तै मन्त्रालयले कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्ण रुपमा नगर्न नगराउन, कुनै पनि सार्वजनिक स्थलहरुमा जाने भिडभाड गर्ने गराउने कामहरु बन्द गर्न अत्यन्त जरुरी रहेको बताएको छ ।’ देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमणमा फैलिरहेको अवस्थामा सबैलाई संवेदनशील बनिदिन मन्त्रालयले अपील गरेको छ ।

















Two killed in motorcycle accident in Rautahat
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
Gold, silver prices reach all-time high
संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया