सरकारले भन्यो – कोरोना संक्रमण डर लाग्दो गरी फैलियो

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस डर लाग्दो गरी फैलिरहेकाे बताएको छ । मन्त्रालयले अनुसार नेपालको २२ जिल्लामा डर लाग्दो गरी कोरोना संक्रमण फैलिइरहेको हो ।
मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जारी गरेको सूचनाअनुसार नेपालका मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण दर डर लाग्दो रहेको जनाएको छ । मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर उपचार गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको बताएको छ ।
मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न सबै पक्षलाई आग्रह गर्दै ‘संक्रमण रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाऔँ, भौतिक दुरी कायम गरौँ, साबुन पानीले हात धोऔँ) नै उत्तम उपाय हुन् भनेको छ ।
यस्तै मन्त्रालयले कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्ण रुपमा नगर्न नगराउन, कुनै पनि सार्वजनिक स्थलहरुमा जाने भिडभाड गर्ने गराउने कामहरु बन्द गर्न अत्यन्त जरुरी रहेको बताएको छ ।’ देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमणमा फैलिरहेको अवस्थामा सबैलाई संवेदनशील बनिदिन मन्त्रालयले अपील गरेको छ ।













One killed in road accident
गगन र विश्वप्रकाशसँग देउवाले के भने ?
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
प्रतिक्रिया