‘ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न बहुमत छैन, यद्यपि प्रयास जारी छ’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजान बहुमत नपुग्ने बताएका छन् । आज दिउँसो आफ्नै निवासमा कोरोना भाइरस (कोभिड–१९)बारे पार्टीको आधिकारिक धारणा पेश गर्न डाँकिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी दलहरु मिलेर अविश्वासको प्रस्ताव लैजाने भन्ने कुरा के हुँदै छ ? भन्ने पत्रकारहरुको प्रश्नमा सभापति देउवाले आफूहरु सबै दल मिले पनि बहुमत नपुगेको बताए । उनले भने, ‘अविश्वासको प्रस्ताव लैजान बहुमत चाहिन्छ कि चाहिँदैन ? बहुमत त चाहिन्छ नि !, अहिलेको अवस्थामा बैकल्पिक सरकार बन्न सक्ने अवस्था छैन, यद्यपि पहल जारी छ ।’
उनले वैकल्पिक सरकार गठनका लागि तत्काल जनता समाजवादी पार्टी (जसपा)ले निर्णय गरेर आउनेमा पनि आफू विश्वस्त नभएको बताए ।
यस्तै, सभापति देउवाले देशमा कोरोना संक्रमण थेग्नै नसक्ने गरी ह्वात्तै बढेको बताएका छन् । ‘अधुरा कामलाई पनि भीडभाड गरी उद्घाटन गर्न सरकारले हतार गरेको हुँदा कोरोना संक्रमण बढेको हो,’ उनले भने, ‘प्रधानमन्त्रीले गर्दा देशमा लकडाउन गर्नु पर्ने अवस्था आयो ।’











हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
रवि र बालेन भित्र छलफलमा, सुधन गुरुङले बाहिरबाट लगाइदिए ताला
त्रिविका १६ हजार विद्यार्थी दीक्षित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया