भारतबाट फर्किएका सङ्क्रमित राख्न नेपालगन्जमा छुट्टै आइसोलेशन बनाइयाे

राँझा । भारतबाट घर फर्किएका कोरोना सङ्क्रमितलाई राख्न नेपालगञ्जमा छुट्टै आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । भारतबाट फर्किने क्रममा नेपालगञ्जस्थित जमुनाह नाकामा कोभिड पोजिटिभ भएका व्यक्तिलाई राख्न नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरमा ह्वाइट हाउस आइसोलेसन सञ्चालन गरेको नगरप्रमुख डा धवलशम्शेर राणाले बताए ।
उनका अनुसार भारतबाट फर्किएका सङ्क्रमितलाई राख्न वडा नं २० मनिकापुरमा छुट्टै आइसोलेशन सञ्चालन गरिएको हो । यहाँ होम आइसोलेशनको असुविधा भएका नगरवासी र बाहिरी जिल्लाका सङ्क्रमितलाई सेवा दिइने छ । ह्वाइट हाउस आइसोलेशन सेन्टरबाट यही वैशाख ४ गतेदेखि हालसम्म ५७ सङ्क्रमितले सेवा पाएको आइसोलेशन सेन्टरका स्वास्थ्य स्रोत व्यक्ति सिनियर अहेब गोरखनाथ योगीले जानकारी दिए ।
आजसम्म यहाँ बाहिरी जिल्लाका २५ जनासहित ४१ रहेका छन् । यो आइसोलेशनमा २५ महिला र २५ पुरुषलाई राख्न सकिने गरी श्ययाको व्यवस्था मिलाइएको छ । कोभिड सङ्क्रमित भएपछि होम आइसोलेशनको सुविधा नभएका नगरवासीले ह्वाइटहाउस आइसोलेशनबाट सेवा लिइरहेका छन् ।
यो सेन्टरमा सामान्य अवस्थाका कोभिड सङ्क्रमितलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले बताए । उनका अनुसार लक्षणका बिरामीलाई राख्नका लागि उपमहानगरपालिकाले रामलिला मैदानस्थित तालीम केन्द्रमा ५० श्ययाको अक्सिजनको आइसोलेशन सेन्टर आज दिउँसोदेखि सञ्चालनमा ल्याएको छ ।
आइसोलेशनमा बस्नेलाई खाना र खाजाको व्यवस्था गरिएको छ । यसैगरी बिरामी ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा दिइनेछ । उपमहानगरपालिकाका २३ वटै वडामा रहेका होम आइसोलेशन स्रोत व्यक्तिको सिफारिसका आधारमा सङ्क्रमितलाई राखिने भएको छ ।










काष्ठकलामा सिपालु भीमबहादुर
आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण : शतबीज छर्न आउने भक्तजनलाई समस्या
आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया