साउथहेम्प्टन र लेष्टरको १/१ गोलको बराबरी

काठमाडौं । ईङलिश प्रेमियर लिग फुटबलको पछिल्लो खेलमा साउथहेम्प्टन र लेष्टर सिटीले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
घरेलु मैदानमा खेलको सुरुवातमै १० खेलाडीमा समेटिएको साउथहेम्प्टनले लेष्टरसंग अंक बाँडेको हो । १० औं मिनेटमा जान्नीक भेष्टरगार्डले रातो कार्ड खादै मैदान छाड्न बाध्य भएपछि सुरुवातमै घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।
२ सय ५२ खेलको फुटबल करियरमा भेष्टरगार्डले पहिलो पटक रातो कार्ड खाएका हुन् ।
खेलमा अधिकांश समय लेष्टरको दबाव खेपेपनि साउथहेम्प्टनको रक्षापङ्तिले उत्कृष्ट प्रर्दशन गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६१ औं मिनेटमा घरेलु टोलीले अग्रता बनाएको थियो ।
वार्ड प्रोसेले पेनाल्टिमार्फत गोल गर्दै साउथहेम्प्टनलाई अग्रता दिलाए । तर उसको अग्रता लामो समय रहन सकेन् । साउथहेम्प्टनले गोल गरेको ७ मिनेटपछि अर्थात ६८ औं मिनेटमा जोनी ईभान्सले गोल गर्दै लेष्टरलाई बराबरीमा पुर्याए ।
त्यसपछिको समयमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । बराबरीपछि लेष्टर ६३ अंकमा तालिकाको तेस्रो स्थानमा कायम छ । साउथहेम्प्टन ३७ अंकमा १४ औं स्थानमा छ ।












मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया