साउथहेम्प्टन र लेष्टरको १/१ गोलको बराबरी

काठमाडौं । ईङलिश प्रेमियर लिग फुटबलको पछिल्लो खेलमा साउथहेम्प्टन र लेष्टर सिटीले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
घरेलु मैदानमा खेलको सुरुवातमै १० खेलाडीमा समेटिएको साउथहेम्प्टनले लेष्टरसंग अंक बाँडेको हो । १० औं मिनेटमा जान्नीक भेष्टरगार्डले रातो कार्ड खादै मैदान छाड्न बाध्य भएपछि सुरुवातमै घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।
२ सय ५२ खेलको फुटबल करियरमा भेष्टरगार्डले पहिलो पटक रातो कार्ड खाएका हुन् ।
खेलमा अधिकांश समय लेष्टरको दबाव खेपेपनि साउथहेम्प्टनको रक्षापङ्तिले उत्कृष्ट प्रर्दशन गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६१ औं मिनेटमा घरेलु टोलीले अग्रता बनाएको थियो ।
वार्ड प्रोसेले पेनाल्टिमार्फत गोल गर्दै साउथहेम्प्टनलाई अग्रता दिलाए । तर उसको अग्रता लामो समय रहन सकेन् । साउथहेम्प्टनले गोल गरेको ७ मिनेटपछि अर्थात ६८ औं मिनेटमा जोनी ईभान्सले गोल गर्दै लेष्टरलाई बराबरीमा पुर्याए ।
त्यसपछिको समयमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । बराबरीपछि लेष्टर ६३ अंकमा तालिकाको तेस्रो स्थानमा कायम छ । साउथहेम्प्टन ३७ अंकमा १४ औं स्थानमा छ ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया