शनिबार, वैशाख १२, २०८३

तनहुँमा ज्वरो क्लिनिक सञ्चालनमा

मेरोन्यूज २०७८ वैशाख १८ गते १३:१४

Advertisement
NiccNicc

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित नेशनल एपोलो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको छ । कोरोना जोखिम बढेपछि अस्पतालले शुक्रबारदेखि ज्वरो क्लिनिक सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा आउने सर्वसाधारणलाई सहजरुपमा सेवा दिन ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक चुडामणि दाहालले जानकारी दिए । “कोभिडको सन्त्रास फेरि फैलिँदै गएको अवस्थामा चुप लागेर बस्ने अवस्था देखिँदैन”, दाहालले भने, “गत वर्ष कोरोना कहरमा पनि ज्वरो क्लिनिकबाट सेवा दिएका थियौ ।”

ज्वरो क्लिनिक सञ्चालनका लागि अस्पताल प्राङ्गणमा टेन्ट राखिएको छ । त्यसका लागि वडा नं ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ र चापाघाटस्थित कालीभञ्जन गण ९इ०ले सहयोग पु¥याएको दाहालले बताए । रासस

प्रतिक्रिया