बंगलादेशबाट रेम्डेसिभिर औषधी आइपुग्न चार दिन लाग्ने

काठमाडौं । रेम्डेसिभिर ल्याउन अनुमति पाएका औषधि आयातकर्ताहरुले रेम्डेसिभिर काठमाडौँ आइपुग्न अझै चार दिन लाग्ने बताएका छन् ।
हाम्रो मेडी कन्सर्नका निर्देशक शम्भु कार्कीले बंगलादेशबाट औषधि बोकेर गाडी नेपालका लागि हिडिसकेको भएपनि काठमाडाँै आइपुग्न तीन चार दिन लाग्ने बताए । पहिलो लटमा ३ हजार भाइल र एक साता भित्र थप ५ हजार भाइल खोप ल्याउन लागेको उनले जानकारी दिए । आयानले इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल रेम्डेसिभिर ल्याउँदै छ ।
पहिलो लटमा ४ हजार भाइल ल्याउँदै गरेको आयानले सोही हप्ता थप ६ हजार ल्याइसक्ने बताउँदै आएको छ । औषधि व्यवस्था विभागले गत २२ चैतमा हाम्रो मेडि कन्सर्नलाई २० हजार भाइल र आयान हेल्थ केयर प्रालिलाई १० हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति दिएको थियो । ती कम्पनीहरुले क्रमश बेक्सिम्को फर्मास्यिुटिकल्स र इन्सेक्ट्रा बंगलादेशबाट औषधि ल्याउने अनुमति पाएका थिए ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया