बंगलादेशबाट रेम्डेसिभिर औषधी आइपुग्न चार दिन लाग्ने

काठमाडौं । रेम्डेसिभिर ल्याउन अनुमति पाएका औषधि आयातकर्ताहरुले रेम्डेसिभिर काठमाडौँ आइपुग्न अझै चार दिन लाग्ने बताएका छन् ।
हाम्रो मेडी कन्सर्नका निर्देशक शम्भु कार्कीले बंगलादेशबाट औषधि बोकेर गाडी नेपालका लागि हिडिसकेको भएपनि काठमाडाँै आइपुग्न तीन चार दिन लाग्ने बताए । पहिलो लटमा ३ हजार भाइल र एक साता भित्र थप ५ हजार भाइल खोप ल्याउन लागेको उनले जानकारी दिए । आयानले इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल रेम्डेसिभिर ल्याउँदै छ ।
पहिलो लटमा ४ हजार भाइल ल्याउँदै गरेको आयानले सोही हप्ता थप ६ हजार ल्याइसक्ने बताउँदै आएको छ । औषधि व्यवस्था विभागले गत २२ चैतमा हाम्रो मेडि कन्सर्नलाई २० हजार भाइल र आयान हेल्थ केयर प्रालिलाई १० हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति दिएको थियो । ती कम्पनीहरुले क्रमश बेक्सिम्को फर्मास्यिुटिकल्स र इन्सेक्ट्रा बंगलादेशबाट औषधि ल्याउने अनुमति पाएका थिए ।
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया