शनिबार, वैशाख १२, २०८३

नेपाललाई अमेरिकाले झण्डै एक अर्ब सहयोग दिने

मेरोन्यूज २०७८ वैशाख १८ गते १५:२०

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टले नेपालमा महामारीको रूप लिँदै गर्दा अमेरिकाले करिब एक अर्ब रूपैयाँ सहयोग गरेको छ । नेपालस्थित अमेरिकी राजदूत रेण्डी बेरीले कोभिडसँग जुध्न नेपाल सरकारलाई ५८ लाख अमेरिकी डलर सहयोग गर्ने जानकारी दिए ।

Advertisement
NiccNicc

‘लामो समयदेखि नेपाल र नेपालीबीच हाम्रो सम्बन्ध रहेको छ, नेपाललाई कोरोनासँग जुध्न कठिन भएको परिस्थितमा सहयोगको खाँचो छ,’ राजदूत बेरीले भने, ‘यसविरूद्ध नेपालको पक्षमा अमेरिका सधैँ एकताबद्ध हुनेछ ।’

निर्दयी कोरोनाविरूद्धको आफूहरू एक भएर लड्नु पर्ने राजदूत बेरीले बताए । अमेरिकाले कोरोनाविरूद्ध् लड्नका लागि नेपाललाई ९८ करोड ६० लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया