काेराेना संक्रमण बढेसँगै थप पाँच जिल्लामा निषेधाज्ञा

काठमाडाैं । कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आज आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।
त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा आज राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ । कूल २९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ ।
प्राप्त विवरणअनुसार आज गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको छ । उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गुल्मीमा आज राति १२, बाजुरामा बिहान ५ र उदयपुरमा आइतबार राति ८ बजेदेखि आदेश कार्यान्वयनमा आउनेछ भने प्यूठानमा आज बिहान ६ बजेदेखि नै कार्यान्वयन भइसकेको छ ।
घोषित विवरणअनुसार काभ्रेमा अरनिको राजमार्गको साँगादेखि बनेपा बजारसम्मको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा तीन दोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा–पनौती–खोपासी सडकको ५०० मिटर दायाँबायाँ, विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रे भञ्याङ–भकुण्डे हुँदै मङ्गलदारसम्मको दायाँबायाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञाआदेश जारी गरिएको छ ।
उक्त आदेश आइतबार राति १२ बजेदेखि कार्यान्वयन हुने जनाइएको छ । यस्तै, गोरखाको भीमसेनथापा गाउँपालिका–७ र ८ मा आज राति १२ बजेदेखि लागू हुने गरी निषेधको आदेश जारी गरिएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका क्षेत्रमा आइतबार बेलुका ८ बजेदेखि लागू हुने गरी निषेधको आदेश जारी गरिएको छ ।
यसअघि नै घोषणा गरिएअनुसार मोरङ, जाजरकोट र झापामा आज राति १२ बजेदेखि तथा सल्यान, रुकुम पश्चिम र डडेलधुरामा आइतबार बिहान ६ बजेदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले जनाएको छ । सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।
सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, र सुनसरीमा आदेश कार्यान्वयनमा छ । यस्तै, कालीकोट, बाग्लुङ, बर्दियामा र दार्चुलामा आंशिक आदेश जारी भएको छ । आदेश जारी भएका जिल्ला मध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिने उल्लेख छ ।

















प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने
एनआईसी एसिया बैंकका ग्राहकलाई भारतमा उपचार गर्दा १० प्रतिशत छुट
वसन्तपुरमा चिर ठड्याइयोः होली पर्व सुरु
क्रिकेटर करण केसीले गरे बिहे
मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
प्रतिक्रिया