आइपीएल क्रिकेटमा मुम्बईको सानदार जीत, पोलार्डको बिस्फोटक ब्याटिङ

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा मुम्बई इन्डियन्सले सानदार जित निकालेको छ ।
गएराती भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गर्दै मुम्बईले सानदार जित निकालेको हो । चेन्नइले दिएको २१९ रनको लक्ष्य मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
मुम्बईका कायरन पोलार्डले बिस्फोटक ब्याटिङ गर्दै ३४ बलमा ८७ रन बनाउँदै अविजित रहे । उनले ८ छक्का र ६ चौकाको मद्दतमा ८७ रन जोडेका हुन् ।
क्विन्टन डि ककले ३८, कप्तान रोहित शर्माले ३५, क्रुनल पाण्डेयले ३२ र हार्दिक पाण्डेयले १६ रन बनाए । सुर्यकुमार यादव ३ रनमा आउट भए ।
चेन्नइका साम करनले सर्वाधिक ३ विकेट लिंदा शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले एक/एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो ।
चेन्नइका लागि मोइन अलीले ५८, फाफ डु प्लेसिसले ५० रन बनाउँदा अम्बाती रायडुले नटआउट ७२ र रविन्द्र जडेजाले २२ रन बनाए ।
बुम्बईका कायरन पोलार्डले २ तथा ट्रेन्ट बउल्ट र जसप्रित बुमराहले १/१ विकेट लिए ।
जितसँगै मुम्बईले ७ खेलबाट ८ अंक जोडको छ ।
आइपीएलमा आज थप दुई खेल हुँदैछन् । नेपाली समय अनुसार दिउँसो साढे ३ बजे राजस्थान रोयल्स र सनराइजर्स हैदरवाद आमनेसामने हुँदा बेलुका साढे ७ बजे पञ्जाब किङ्स र देल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्नेछन् ।
आइपीएलको २७ वटा म्याच सकिंदा चेन्नई १० अंक सहित शीर्ष स्थानमा छ । देल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंलोर समान १० अंक नै भएपनि रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् ।
मुम्बई ८ अंक सहित चौथो स्थानमा छ । पञ्जाव ६ अंक सहित पाँचौं स्थानमा रहँदा कोलकत्ता र राजस्थान समान ४ अंक सहित छैटौं र सातौं स्थानमा छन् । सनराइजर्स भने २ अंक सहित अन्तिममा छ ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया