एक वर्षपछि बारेकोटमा चिकित्सकसहित भिडियो एक्सरे मेसिन

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाले वर्ष दिनपछि चिकित्सकसँगै एक्सरे मेसिन पाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दरबन्दीका चिकित्सकको सरुवा भएको करिब तीन वर्षपछि गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक नियुक्त गरेको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए ।
गत चैत ६ गतेदेखि एक लाख २४ हजार मासिक तलब पालिकाले भुक्तानी गर्ने सम्झौताअनुसार लिम्सामा चिकित्सक गायत्रीप्रसाद शर्मालाई नियुक्त गरेको हो । अहिले लिम्सामा भिडियो एक्सरे, इसिजी सेवा र ल्याब सेवा सञ्चालनमा आएको प्रमुख सिंहले बताउ । महिना दिनभित्र सादा एक्सरे सेवा सञ्चालनमा ल्याउने तयारी रहेकोसमेत उनले जानकारी दिए । सरकारी दरबन्दीका चिकित्सक करिब एक वर्ष लिम्सामा कार्यरत रही पढ्न गएका थिए ।
चिकित्सक पढ्न गएसँगै तीन वर्षदेखि रिक्त रहेको दरबन्दी अहिलेसम्म पूर्ति हुनसकेको छैन । सरकारी दरबन्दीको चिकित्सक पठाइदिन मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि गाउँपालिकाले दुई वर्षअघि आफैँले तलब र भत्ता दिने गरी चिकित्सक नियुक्त गरेको थियो । नियुक्त गरेका चिकित्सक पनि लामो समयसम्म नबसेपछि लिम्सामा एक वर्ष चिकित्सकविहीन भएको थियो । वर्ष दिनपछि अहिले पालिकाले फेरि आफैँले तलबभत्ता उपलब्ध गराउने गरी चिकित्सक नियुक्त गरेको हो ।
नयाँ चिकित्सक आएसँगै भिडियो एक्सरेसँगै अन्य सेवा सहजरूपमा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । एक्सरेकै लागि जाजरकोट सदरमुकाम तथा जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोट गाउँपालिकामा अहिले दैनिक बिरामीको सङ्ख्या ह्वात्तै बढेको बताइएको छ ।
पालिकामा अत्याधुनिक भवन निर्माणका लागि सङ्घीय सरकारले बजेट पठाए पनि चिकित्सक नपठाउँदा पालिका आफैँले चिकित्सक व्यवस्था गर्नुपरेको गाउँपालिकाले जनाएको छ । जिल्लाका अन्य पालिकामा भवन निर्माणका लागि बजेट पठाए पनि चिकित्सक नपठाउँदा सेवा प्रवाहमा समस्या भएको पालिकाहरूले बताएका छन् । रासस

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया