एमालेका प्रदेश सांसद खत्री माओवादीमा प्रवेश, पुनः मुख्यमन्त्री बन्न पोखरेललाई कठिन
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिई नेकपा एमालेको एकल बहुमतमा पुनः सोही पदमा जान कठिन हुने भएको छ ।
आफ्नो पार्टीका प्रदेशसभा सदस्य विमला कुमारी खत्री नेकपा एमालेबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेसँगै एकल पार्टीको बहुमतमा पुनः मुख्यमन्त्री बन्ने पोखरेललाई कठिन हुने भएको हो ।
‘२०७६ मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)को तर्पmबाट निर्वाचन क्षेत्र ख दाङ र ३(२) बाट लुम्बिनी प्रदेश सभा सदस्य पक्षमा निवार्चन भएको छु । नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) दुई दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर एकता गरेको सबैलाई जानकारी छ,’ विज्ञप्तिमा खत्रीले भनेकी छन्, ‘पछि सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट्र पार्टी नेकपालाई मान्यता नदिई पुरानै खल कायम गरिएको हुनाले म निर्वाचीत भएको दल नरहेको अवस्थामा नेकपा माओवादी केन्द्र दल रोजेको छु । र, आजैबाट यस दलको लुम्बिनी प्रदेशसभा दल सदस्य भएको यसै वक्तव्यमार्फत जानकारी गराउन चाहन्छु ।
मुख्यमन्त्री शंकर पोखरेलले आजै वस्न लागेको प्रदेश सभाको विशेष अधिवेशन बैठक नै नवसी अन्त्य गर्न सिफारिस समेत गरेका थिए । सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य पनि गराईदिए । तर आजै नयाँ मुख्यमन्त्रीका रुपमा सपथ लिन खोजेका शंकर पोखरेललाई विमलाको माओवादी प्रवेशले ठूलै झट्का दिएको छ ।
विमालको माओवादी प्रवेश सागै एमालेको वुहमत गुमेको छ । एमाले ४० सिटमा सिमित हुन पुगेको छ । वहुमतका लागि उसलाई एक सिट अपुग भएको छ ।
मुख्यमन्त्री को विपक्षमा रहेको काग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग पनि ४० नै सिट छ । यो महागठवन्धन मुख्यमन्त्री विरुद्ध एकजुट भएको अवस्था लुम्विनी प्रदेश सभामा छ ।
एमाले सँग ४० र विपक्षी गठवन्धनसाग पनि ४० नै सिट रहेको अवस्थामा अव सभामुखको मत निर्णायक हुने देखिएको छ । सभामुख माओवादी केन्द्रबाट निर्वाचित भएका पूर्ण घर्ती छन् ।
बराबर अवस्थामा रहेमा उनले निर्णायक मत प्रयोग गर्न पाउनेछन् ।
विपक्षीहरुले वहुमत नपुग्दैको अवस्थामा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन् ।


















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया