शंकर पोखरेल फेरि लुम्बिनीमा मुख्यमन्त्री नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई संविधानको धारा १६८(१) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेश सभाको बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेकाले मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले वक्तव्य जारी गरी उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेशमा एमालेसँग ४१ मत रहेको बताउँदै पोखरेलले मुख्यमन्त्री दाबी गरेका थिए । उनले माओवादी केन्द्रमा प्रवेश गरेकी विमला वली खत्रीको समेत समर्थन आफूसँगै रहेको दाबी प्रदेश प्रमुखसमक्ष गरेका छन् ।
तर, वलीले भने माओवादी केन्द्र रोज्न पुगेकी छिन् । विपक्षी गठबन्धनले आजै प्रदेश प्रमुखलाई आफूहरूसँग पनि ४० मत रहेकाले पोखरेललाई मुख्यमन्त्री नबनाउन आग्रह गदै पत्र बुझाएका थिए ।
प्रदेश प्रमुखले पोखरेललाई पुनः बहुमत प्राप्त दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
प्रतिक्रिया