सभामुख सापकोटाले पत्रकारलाई दिए शुभकामना

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले ‘विश्व प्रेस स्वतन्त्रता दिवस २०२१’ को अवसरमा सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैलाई शुभकामना दिएका छन् । यस अवसरमा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि जीवन गुमाएका सञ्चारकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
उनले संविधानसभामार्फत निर्मित संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेको भन्दै यसको व्यवहारिक अभ्यासका क्रममा रहेको बताए । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण र मजबुत पक्ष हो,’ उनले भने, ‘नेपालमा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय छ । प्राप्त अधिकारहरूको उपयोगका लागि सञ्चार जगत सधैजस्तै निर्भीकतापूर्वक लागिरहने विश्वास व्यक्त गर्दछु ।’
कतिपय अवस्थामा प्रेस स्वतन्त्रतामाथि समस्या पैदा भए पनि सामूहिक पहल र प्रयत्नबाट त्यस्ता समस्याहरू निराकरण गरिने उनले बताए । कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भएर मृत्यु भएका सञ्चारकर्मीहरूप्रति श्रद्धासुमन अर्पण गर्दै उनले संक्रमित सबैको स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘सञ्चारकर्मीहरूलाई आफू पनि सजक रहेर काम गर्ने र आम दर्शक, स्रोता र पाठकहरूलाई सचेत गराउनु पर्ने दोहोरो जिम्मेवारी छ,’ उनले भने, ‘विषम परिस्थितिमा सम्पूर्ण स्वास्थ्य सतर्कता अपनाएर सञ्चार जगतले उदाहरणीय भूमिका खेल्ने विश्वास व्यक्त गरेँ ।’

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया