नेपाल सुपर लिगः आज काठमाण्डौ र बुटवल भिड्ने

काठमाडौं । काठमाण्डौमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग फुटबलमा आज चौथो चरणको अन्तिम एक खेल हुँदैछ ।
आज बुटवल लुम्बिनी एफसी र काठमाण्डौं रेजर्स प्रतिस्पर्धा गर्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको बुटवल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा रहेको छ ।
जारी प्रतियोगीताको एक मात्र अपराजित टोली बुटवलले सुरुवाती तीनमध्ये २ खेलमा बराबरी र एक खेलमा जितको नतिजा हात पारेको थियो ।
४ अंकमा तालिकाको पाँचौ स्थान रहेको काठमाण्डौं पनि आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न चाहान्छ ।
यसअघि हिजो भएको खेलमा एफसी चितवनलाई २–० गोल अन्तरले हराउँदै विराटनगर सिटी एफसी तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन । खेलको २३औं मिनेटमा विराटनगरका सुनिल बलको प्रहार गोलपोष्टमाथिबाट बाहिरियो ।
खेलको ३६औं मिनेटमा विदेशी खेलाडी एडेलाजाले पाएको मौकाको सदुपयोग गर्नु सकेनन् ।
यसैगरी पहिलो हाफको अन्तिम समयमा विराटनगरका नीरकुमार राईको प्रयास पनि खेर गयो । मध्यान्तरपछिको खेलको ५८औं मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको प्रहार चितवनका गोलकिपर विशाल सुनारले रोके ।
विराटनगरका लागि खेलको ७३औै मिनेटमा विदेशी खेलाडी पेद्रो मान्जीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । खेलको ८९औं मिनेटमा विराटनगरका लागि सन्तोष तामाङले दोस्रो गोल गरे ।
जितसँगै विराटनगर चार खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा प्रवेश गरेको छ । चितवनको चार खेलमा दुई अङ्क छ । चितवन लिगको पुछारमा छ ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया