नेपाल सुपर लिग : काठमाडौं रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई

काठमाडाैं । नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौँले बुटवललाई एक शून्य गोलले हराएको हो ।
हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । काठमाडौँका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले गरे । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका हुन् । खेलको शुरुआतदेखि नै काठमाडौँले निकै आक्रामक खेल खेलेको थियो ।
यस्तै खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरको बुटवलले फाइदा लिन सकेन । खेलको १३ औँ मिनेटमा काठमाडौँले गोलको अवसर पाएको थियो । सो अवसरको सदुपयोग भने हुन सकेन ।
यस्तै खेलको २६ औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन । खेलको २८औंँ मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो । मध्यान्तरपछिको खेलको ८६ औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन । जीतसँगै काठमाडौंँले तीन अंक बटुलेको छ ।
काठमाडौँको चार खेलमा सात अंक भएको छ । बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौथो स्थानमा खुम्चिएको छ ।
















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया