राष्ट्रियसभा उपचुनाव
माओवादीको चुनाव चिन्ह्रमा गृहमन्त्री बादलसँग खिमलाल भिड्ने

काठमाडौँ । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा (बादल)सँग बागमती प्रदेशको योजना आयोगको पूर्व उपाध्यक्ष डा. खिमलाल देवकोटा चुनाव लड्ने भएका छन् । बादल नेकपा एमालेका तर्फबाट सूर्य चुनाव चिन्ह्रमा चुनाव लड्दै छन् भने देवकोटा व्यक्ति एमाले भए पनि माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हसियाँ हथौडाबाट उपचुनाव लड्न लागेका हुन् ।
गृहमन्त्री बादलले नेकपाको एकता बदर भई एमाले र माओवादी ब्यूँतिइदा सर्वोच्चको निर्णयपछि एमाले रोजेका थिए । त्यसपछि माओवादी केन्द्रले बादललाई पदमुक्त गर्ने निर्णय लिएको थियो ।
राष्टि«य सभामा माओवादीका तर्फबाट चुनाव जितेका गृहमन्त्री बादल र चन्द्रबहादुर खड्काले एमाले रोजेपछि माओवादीले दुवै पद रिक्त गराएको थियो । बादल चुनाव लड्ने बागमतीको अन्य समूहतर्फ रिक्त भएको एक सिटमा कांग्रेस, माओवादी, उपेन्द्र बाबुराम भटटराईको जनता समाजवादी पार्टी (जसपा) र एमालेभित्रकै माधव नेपाल समूहले गठबन्धन गरेर डा. देवकोटालाई उम्मेदवार बनाउन लागेको हो ।
शुक्रबार यो प्रदेशको उपचुनावका लागि उम्मेदवारी दर्ताको कार्य तालिका निर्वाचन आयोगले बनाएको छ । एमालेको माधव नेपाल निकट रहे पनि देवकोटाले चुनाव चिह्न भने माओवादीको लिएर लड्न लागेको हो ।
कांग्रेस र माओवादी केन्द्रका बीचमा रिक्त दुई सिटमा एक एक सिट भागबण्डा लगाउने समझदारी बनेको थियो । माओवादीको भागमा परेको बागमती प्रदेशको सिटमा माधव नेपाल समूहका डा. देवकोटालाई उम्मेदावर बनाउन लागेको हो ।
लुम्बिनी प्रदेशमा चन्द्रबहादुर खडका पदमुक्त भएपछि रिक्त हुन लागेको पदमा भने एमालेको प्रदेशसभाबाट राजीनामा दिएका र कांग्रेस प्रवेश गरेका दृगनारायण पाण्डेयलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । एमालेले भने जसको पद अहिले रिक्त हुन आएको छ, उसैलाई उम्मेदवार बनाउने यस अगाडि नै निर्णय गरिसकेको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया