निफको चौथो संस्करण आजदेखिः कश्यपले अनुभव सुनाउने

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आज शुरु हुँदैछ । भर्चुअल संस्करणमा यस वर्ष भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाउनेछन् ।
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्यसहित शुरु भएको निफ यस वर्ष भर्चुअल रुपमा सञ्चालन गर्न लागिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
उनले भने, “नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने गरी नेपालमा हुँदै आइरहेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो । विश्वभरि फैलिएको कोभिड–१९ का कारण हाल देश निषेधाज्ञामा रहेकाले हामीले भौतिक रुपमा महोत्सव आयोजना गर्न नसकी भर्चुअल रुपमा आयोजना गर्ने लागेका हौं ।”
पाँच दिनसम्म चल्ने महोत्सवमा पहिलो दिन कश्यपले अनुभव सुनाइसकेपछि शुक्रबारदेखि अन्य गतिविधि सञ्चालन गरिने जनाइएको छ । महोत्सव यही वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ ।













फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
प्रतिक्रिया