निफको चौथो संस्करण आजदेखिः कश्यपले अनुभव सुनाउने

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आज शुरु हुँदैछ । भर्चुअल संस्करणमा यस वर्ष भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाउनेछन् ।
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्यसहित शुरु भएको निफ यस वर्ष भर्चुअल रुपमा सञ्चालन गर्न लागिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
उनले भने, “नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने गरी नेपालमा हुँदै आइरहेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो । विश्वभरि फैलिएको कोभिड–१९ का कारण हाल देश निषेधाज्ञामा रहेकाले हामीले भौतिक रुपमा महोत्सव आयोजना गर्न नसकी भर्चुअल रुपमा आयोजना गर्ने लागेका हौं ।”
पाँच दिनसम्म चल्ने महोत्सवमा पहिलो दिन कश्यपले अनुभव सुनाइसकेपछि शुक्रबारदेखि अन्य गतिविधि सञ्चालन गरिने जनाइएको छ । महोत्सव यही वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया