साताको अन्तिम दिन नेप्से रातो

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार पनि रातो देखिएको छ ।
नेप्से घट्नुमा दोहोरो अंकको निरन्तरताले गर्दा रातो चिन्ह् नै हाबी भएको हो । स्टक एक्सचेञ्जका अनुसार बजार परिसुचक १२ दशमबल ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलब १३ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ४७ प्रतिशतले कम हो ।
बिहिबार ८० हजार १ सय ४१ कारोबार भएका कुल २ सय १६ कम्पनीको ६ अर्ब ८१ करोड ९१ लाख ४ सय ५३ रुपैयाँ बराबरका १ करोड ५९ लाख ८० हजार ८ सय १५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
यसैबिच मूल्य समायोजनपछि पनि जनउत्थान सामूदायिक लघुवित्तको सेयर मूल्यमा बढेर रोकिएको छ । ४९ दशमबल ४ प्रतिशत बोनस सेयर दिएपछि मूल्य समायोजन भएको कम्पनीको सेयर मंल्य प्रति कित्ता ३ सय ६१ रुपैयाँका दरले बढेर ३ हजार ९ सय ७२ रुपैयाँ पुगेको छ ।
खानीखोला हाइड्रो र महिला लघुवित्तको सेयरमा पनि बढेर रोकिएको हो । लगानी, वित्त र बाणिज्य बैंक समूह बढेको छ । बाँकी सूचक रातो हुँदा समग्र बजार घटेको हो । जीनव बीमा २ सय ३९, निर्जीवन बीमा १ सय ३० अंकले घटैको छ । ब्यापार पनि ६३ अंकले घटेको छ ।
सबैभन्दा बढि विशाल बजार कम्पनीको सेयर मूल्य घटेको छ । १० प्रतिशत अर्थात प्रति कित्ता ७ सय ४६ रुपैयाँका दरले मूल्य घटेको छ ।
दिनभरीमा एचआइडीसीएल ४६ करोड ७४ लाख रुपैयाँको सर्वाधिक किनबेच भएको छ । एनसीसी बैंक दोस्रोमा छ । लक्ष्मी बैंक, अपि पावर र निफ्राको पनि सर्वाधिक कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।









निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल
सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज
निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
कस्ताे रहला आजको मौसम ?
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
प्रतिक्रिया