निर्माणाधीन आयोजनाको अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह

काठमाडाैं । विद्युत् विकास विभागले निर्माणाधीन जलविद्युत् आयोजनामा प्रयोग भइरहेका अक्सिजन सिलिण्डर तत्काल कोभिड–१९ का बिरामीलाई प्रयोग गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।
विभागले आज एक सूचनामार्फत कोभिड–१९ को महामारीले सिर्जना गरेको विकराल अवस्थाको ध्यान दिई अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहअनुसार आ–आफ्नो स्थानबाट स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रबाट सञ्चालनमा रहेका निर्माणाधिन आयोजननामा प्रयोग भएका अक्सिजन सिलिण्डर उपलब्ध गराइदिन आग्रह गरिएको हो ।
जलविद्युत् आयोजनामा भएका सिलिण्डर नजिकैको स्वास्थ्य संस्था वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कोभिड–१९ को बिरामीले प्रयोग गर्ने गरी व्यवस्था मिलाइदिन अनुरोध गरिएको विभागले जनाएको छ । रासस















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया