नेपाल सुपर लिग : ललितपुर एफसी र काठमाडौं रेजर्स विजयी

काठमाडाैं । नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन् । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन् ।
ललितपुरले बुटवललाई १–० तथा काठमाडौँले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हुन् । जीतपछि ललितपुर प्लेअफमा पुग्ने सम्भावना कायमै छ । बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ । बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ ।
काठमाडौँ प्लेअफमा प्रवेश गरेको छ । ललितपुरका लागि खेलको छैटाँैं मिनेटमा विदेशी नुर्लान नोभुरजुभ जाहिदले निर्णायक गोल गरे । खेलको २२औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गलत सावित भयो । पहिलो हाफको इञ्जुरी समयमा बुटवलका सुमन लामाको प्रहार गोलमा परिणत हुन सकेन ।
मध्यान्तरपछिको खेलमा पनि ललितपुरले गोलको राम्रो प्रयास गरेको थियो । खेलको ६५ औं मिनेटमा डोना थापाले प्रहार गरेको बल गोल पोष्ट बाहिर गयो । खेलको ७३ औंँ मिनेटमा ललितपुरकै कमल श्रेष्ठले हानेको बल गोल पोष्टमा पस्न सकेन । ललितपुरले प्रतियोगितामा पाँच खेलमा ६ अंक जोडेको छ । बुटवलले पाँच खेलमा पाँच अंक बनाएको छ ।
अर्को खेलमा काठमाडौंँ रेजर्सका लागि विदेशी मेसुकेले ह्याट्रिक गरे । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बने । विराटनगरले खेलको छैटौंँ मिनेटमा नै पहिलो गोल गरेको थियो । उक्त गोल विदेशी एडिलाजाले गरेका हुन् । खेलको २५ औंँ मिनेटमा सुनिल बलको प्रहार काठमाडौंँका गोलकिपर विकेश कुथुले बचाए ।
खेलको ३४ औंँ मिनेटमा विराटनगरका लागि विदेशी पेड्रो माञ्जीले गोल गरे । खेलको ३५ औंँ मिनेटमा काठमाडौंँका लागि विदेशी मेसुकेले पहिलो गोल गरे । लगत्तै उनले नै दोस्रो गोल गरे । खेलको ४१ औंँ मिनेटमा काठमाडौंँका लागि स्टेफेन विनोङले तेस्रो गोल गरे । मध्यान्तरपछिको खेलमा काठमाडाैं का लागि ६७ औंँ मिनेटमा मेसुकेले व्यक्तिगत तेस्रो गोल गरे ।
खेलको ७९ औंँ मिनेटमा विराटनगरका लागि रजिन धिमालले गोल गरे । यस्तै खेलको ८२ औंँ मिनेटमा काठमाडौंँका लागि छिरिङ गुरुङले पाँचौँ गोल गरे । खेलको इञ्जुरी समयमा माञ्जीले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५–४ गोलको अवस्थामा पुर्याए । जीतसँगै काठमाडौंँ पाँच खेलमा १० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

















Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
देश जलाउनेहरूले नै हाम्रो झण्डा जलाए : एमाले
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया