बजार अनुगमनसँगै सहजीकरणमा विभाग

काठमाडौं । कोभिड–१९ को महामारीले गतसातादेखि भएको लकडाउनमा खाद्यपदार्थसँगै अत्यावश्यक सेवा सञ्चालनमा सहजीकरण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।
बजार अनुगमनका बेला केही पसलमा त्रुटी भेटिएकाले नष्ट गरिएको सामान खरिदमा सहजीकरण गर्न व्यवसायीको निवेदनलाई ध्यान दिदै विभागले सुरक्षा निकायलाई आग्रह गरेको विभागका निर्देशक सिर्जना थपलियाले जानकारी दिईन् । अत्यावश्यक वस्तुको आयात ढुवानी, संचय र वितरणको लागि व्यवसायी, कर्मचारी परिचालनका लागि आवस्यक सहजीकरण गर्नुपर्नेमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै जिल्ला प्रशासनमा पत्र दायर गरेको छ ।
विभागको पत्रलाई स्वीकृत गर्दै सबै जिल्ला प्रशासन कार्यालयले सम्बन्धित व्यवसायीलाई लकडाउनमा सहजीकरण गर्ने जनाएको छ । स्वच्छ अत्यावश्यक वस्तुको आवश्यकता भएकाले विभागको आग्रहलाई स्वीकार्दै व्यापारमा सहज हुने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
यो पनि पढ्नुहोस्:-
निषेधाज्ञाका बीच बजार अनुगमन सुरु
उपभोग्य बजारलाई व्यवस्थित बनाउन स्थानीय तहले पनि अग्रसरता लिनुपर्छ : महानिर्देशक पौडेल (भिडियो)
पेट्रोलियम पदार्थसँगै तेल, मसला कुखुराको मासु पनि महंगो
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया