बैशाख २५ मे ८ विश्व रेडक्रस दिवस

काठमाडौं । आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस । १९३ औं रेडक्रस दिवस कोभिड–१९ को महामारीमा विश्वभर समस्या भएका कारण दिवस घरमै मनाइने भएको छ ।
रेडक्रसका अनुसार आफ्ना विश्वभरका करिब २ करोड स्वयंसेवकमध्ये केही कोरोनाका कारण अस्पतालमा छन् । यसका उदाहरण हुन्, कैलाली टिकापुर रेडक्रस सोसाइटीका अध्यक्ष जगदिश पण्डित । उनी कोरोनाका कारण उपचाररत छन् ।
अध्यक्ष पण्डितले भने, “आफु सतर्क रहँदा समेत संक्रमित भएँ । सबैलाई आग्रह गर्छु सुरक्षित रहनलाई घर बाहिर नजाऔं, जानै परे स्वास्थ्य सावधानी अपनाऔं, सुरक्षित बनौं, मजस्तो पिडित बन्न नपरोस् ।”
उनले रेडक्रसको अन्तराष्ट्रिय समिति, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासंघ र विश्वका १९० मुलुकमा सङ्गठित तथा क्रियाशील राष्ट्रिय रेडक्रस सोसाइटी रहेपनि रेडक्रसकर्मी समेत समस्यामा पर्नेमा दुइमत नभएको बताए ।
यस्तै केहीको कोरोनाका कै कारण मृत्यु समेत भइसकेको छ ।
कोभिड–१९ को परिस्थितिमा अग्रपंतिमा रही त्रासदीपूर्ण बेलामा पनि विश्वभरमा सहयोग दिने समुदायका अगुवा, रक्तसञ्चार सेवामा कार्यरत प्राविधिक र स्वयंसेवक, रक्तदाता लगायत सम्पूर्ण रेडक्रसकर्मी सहित सबै सुरक्षित हुन आवश्यक छ ।
महामारिको बेला सहयोग गरौं भनेर सन् १८६३ मा रेडक्रसको अन्तराष्ट्रिय कमिशन अर्थात आईसीआरसीका रुपमा परोपकारी संस्थाको शुरुवात भएको हो ।
मेमोरी अफ सोल्फेरिनो पुस्तक नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकारी संस्थाका संस्थापक जि हेनरी ड्यूनान्टको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसका रुपमा मनाइन्छ ।
वि.सं. २०२० भाद्र १९ गते नेपालमा रेडक्रसको स्थापना गरिएको थियो । नेपालमा रेडक्रसको शुरुवात त्यहींबाट भएको हो । अहिले ७७ वटै जिल्लाहरुमा नेपाल रेडक्रसले आफ्नो सेवा दिँदै आएको छ ।
विसं १९९०, २०४५ र २०७२ सालमा ठूला भूकम्पको मार खेपेको नेपालले गत वर्षदेखि कोभिड–१९ महामारीमा पर्दा रेडक्रस नै अग्रपङितमा खटिएको नेपाल रेडक्रस सोसाइटीका पूर्वजनसम्पर्क अधिकृत डिल्ली अधिकारीले बताए ।
मानवता, निष्पक्षता, तठस्थता, स्वतन्त्रता, स्वंसेवा, एकता र सर्वव्यापकताका साथ रेडक्रस लाग्ने उसको सिद्दान्त छ ।
पहिलो र दोश्रो विश्वयूद्धताका रेडक्रसले पुर्याएको योगदानलाई सम्झदै अहिलेको महाकालमा सबैबाट सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको छ । जसमा रेडक्रस प्रमुख नै छ ।
सोसाइटीका प्रवक्ता धर्मदत्त विडारीले गत वर्ष मात्र कोभिड १९ महामारीसँगै बाढी पहिरो, हावाहुरीबाट पिडित भएकाको रक्षाका लागि रेडक्रसको सहयोग सबैलाई जानकारी रहेको बताए । रगत नपुगेकालाई रगत उपलब्ध गराउने मात्र नभई सबै सहयोगमा तैनाथ भएको उनको दाबी छ ।
विपद् प्रभावित तथा विकासमूलक कार्यक्रमबाट धेरै व्यक्ति लाभान्वित भएको उनको भनाई छ ।
अहिले स्थानीय साझेदारहरुको सहयोगमा कोभिडको पूर्वतयारी र प्रतिकार्यमा साझा अवधारणा बनाई रेडक्रस अभियानका अंगहरु अघि बढिरहेका छन् ।
















कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया