प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसले सबै दललाई आग्रह गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन सबै राजनीतिक दल र सांसदहरूलाई आग्रह गर्ने भएको छ ।
संसदीय दलको बैठकबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सांसदहरूलाई ओलीलाई विश्वासको मत नदिन आह्वान गर्ने भएको हो । कांग्रेसले शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ ।
पार्टी पदाधिकारी बैठकले विश्वासको मत नदिने र अन्य राजनीतिक दललाई पनि नदिन आग्रह गर्ने निर्णय गरिसकेकाले त्यही निर्णय दलबाट गर्ने निश्चित जस्तै छ ।
बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकले पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र अन्य राजनीतिक दलहरूलाई पनि विश्वासको मत नदिन आह्वान गर्ने निर्णय गर्ने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
ओलीले बैशाख २७ गते सोमबार प्रतिनिधि सभाबाट विशवासको मत लिने कार्यक्रम तय भइसकेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार १ बजे बस्ने गरी प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिसकेकी छन् ।

















प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया