बिहीबार, चैत २६, २०८२

प्रधानमन्त्रीले भने,-‘सर्वसाधारणको लापरवाहीले कोरोना बढ्यो’

नेपाललाई साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

मेरोन्यूज २०७८ वैशाख २५ गते १४:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणको लापरवाहीले नेपालमो कोरोनाको दोश्रो लहर तिव्र गतिमा फैलिएको जिकिर गरेका छन् । सरकारमै रहेका नेता देखि राजनीतिक दलका नेताहरुले स्वास्थ्य मापदण्ड पालना नगरी भीडभाड गरेको , उदघाटन , सभा सम्मेलनमा मात्र कुदेको र राजनीतिक सत्ता खिचातानीमा अनेकौ भेला, बैठकहरु वसालेर पनि कोरोनाको महामारी विस्तारमा सहयोगी भूमिका खेलेको आरोप लागिरहदा प्रधानमन्त्रीले भने सर्वसाधारणको लापरवाहीले बढेको जिकिर गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

अमेरिकी नेटवर्क टेलिभिजन न्यूज च्यानल सिएनएनलाई शनिबार बिहान दिएको अन्तर्वातामा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

‘गएको वर्ष हामीले संक्रमण नियन्त्रणमा लिएका थियौँ। मृत्युदर शून्यमा आएको थियो। संक्रमण पनि दैनिक ५० को हाराहारीमा झरेको थियो। तर मानिसहरुले महामारी सकिएको ठाने, लापरवाही गरे। त्यसकारण महामारीको दोस्रो लहर आयो। हामीले अहिले अवस्था नियन्त्रणका लागि हाम्रो सम्पूर्ण संयन्त्र परिचालन गरेका छौँ।’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

गतमहिना राजधानी काठमाडौंमा भएका राजनीतिक प्रदर्शन, सभा र जुलुसहरु गर्नु गलत भएको भन्दै उनले राजनीतिक दलबाट हेलचक्र्याइँ भएको समेत स्वीकार गरेका छन् ।

‘केही गल्ती भयो राजनीतिक दलहरुबाट । हेलचक्र्याइँ भएकै हो ।’ प्रधानमन्त्रीले भने ।

ओलीले पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहर आएको दावी समेत गरेका छन् ।

उनले अहिले नियन्त्रणको अवस्थामै रहेको पनि दावी गरेका छन् ।

ओलीले राष्ट्रसंघ लगायतका अन्तराष्टिय निकायलाइ यसको रोकथाम, नियनत्रणका लागि आवश्यक सहयोग गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया