एमाले अन्तरसंघर्ष पार्टी विभाजन उन्मुख
माधव नेपाल पक्षका २० भन्दा बढी सांसदले आइतबार सामूहिक राजीनामा दिने
भाेलि नेपाल पक्षीय स्थायी कमिटी बैठक बस्ने

काठमाडौं । पार्टीभित्र देखिएको अन्तरसंघर्षले सत्तारुढ दल नेकपा (एमाले) विभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएका छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।
खनाल–नेपाल पक्षका करिब २० सांसदले राजीनामा दिने तयारी गरेको स्रोतले मेरोन्यूजलाई बतायो । ‘यो संख्या अझ बढ्न सक्छ’, स्रोतले भन्यो । भोलि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापतिसँग पनि छलफल गरेर सभामुखलाई राजीनामा बुझाउने उनीहरुको तयारी छ ।
शनिबार राति उनीहरूले काठमाडाैंकाे एक हाेटलमा सांसदकाे हस्ताक्षर संकलन गरेका थिए ।
सभामुखलाई राजीनामा दिएसँगै उनीहरुले संसदीय दलका नेता केपी शर्मा ओलीलाई सामूहिक राजीनामा पत्रका साथै राजीनामा दिनुका कारण पेश गर्ने स्रोतले बतायो । ‘अध्यक्ष ओलीको कार्यशैलीलाई सुधार्न सकिएन’, स्रोतले भन्यो, ‘दुःखका साथ भन्नुपर्छ एमाले एक रहने अवस्था भएन ।’
नेपाल समूहले अध्यक्ष ओली पार्टी एकताका लागि तयार नभएकाे निष्कर्ष पनि निकालेकाे छ । नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारी गरेसँगै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अप्ठ्याराेमा परेका छन् । उनले यही वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासकाे मत लिँदै छन् ।
सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्दै एमाले र नेकपा (माओवादी केन्द्र) व्यूँताइदिएपछि एमालेभित्रको संघर्ष चर्किएको छ । ओलीले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्य पनि नरहने गरी निलम्बन गरेका छन् । त्यस्तै नेपाल पक्षका ३० सांसदसँग स्पष्टीकरण माग गरेका छन् ।
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया