विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित
मेरोन्यूज
२०७८ वैशाख २६ गते १६:५०

काठमाडौँ । विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन स्थगित गरिएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।
कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भएसँगै ठूलो संख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले यही वैशाख २५ गते बसेको पार्टी केन्द्रीय समिति बैठकले जेठमा गर्न नसकिने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तय गरिने जनाइएको छ । बैठकले कोरोना कहरले सिर्जना गरेको परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णयसमेत गरेको छ । रासस
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया