डा. पंगेनीको सुझाब
‘कोरोना निको पार्छ भनेर जथाभावी औषधि प्रयोग गर्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु सरह हो’

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दो छ । कोरोनाका पुष्टि भएका ८८ हजार १६० जनामध्ये ८१ हजार ४३० संक्रमित होम आइसोलेसनमा रहेका छन् । ति संक्रमितलाई होम आइसोलेशनमा बस्दा कसैले पनि एन्टिबायोटिक प्रयोग गर्न नगर्ने चिकित्सकहरुले बताएका छन् । तर पछिल्लो समय कोरोना चाडो निको हुने भन्दै बजारमा विभिन्न थरीका औषधिको प्रचारबाजी भइरहेको देखिन्छ तर त्यिस्ता औषधिले काम नगर्ने अझ थप समस्या थपिने छाति रोग विशेषज्ञ डा.राजु पंगेनीले बताउँछन् ।
कोभिडका बिरामीका छातीमा देखिने दाग भाइरल न्युमोनिया हो, यसमा एन्टिबायोटिकले केही फाइदा गर्दैन, जथाभावी एन्टिबायोटिकको प्रयोग गर्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हाने सरह हुने उनको तर्क छ । उनका अनुसार जथाभावी एन्टिबायोटिक प्रयोग गर्दा कोरोनाको सामान्य समस्या छ भने पनि यस्ता औषधि सेवनले एन्टिबायोटिकले काम नगरेर भर्ना गरेरै नसाबाट कडा औषधी दिनुपर्ने अवस्था आउँन सक्ने बताएए । उनले भने, “हाल भएका पुरानै औषधीहरूको समुचित प्रयोग गरेनौं भने यो महामारीपछि एन्टिबायोटिक रेसिडेन्टको अर्को डरलाग्दो महामारीको सामना गर्नुपर्नेछ।
होम आइसोलेशनमा बस्ने कसैलाई पनि एन्टिबायोटिक चाहिँदैन, अस्पतालको वार्डमा भर्ना भएका धेरै कमु र आइसियुमा भर्ना हुने केहीलाई मात्र एन्टिबायोटिक चाहिन्छ। कोभिड छ भन्ने पक्कापक्की हुँदा समेत भइसक्छ भनेर एन्टिबायोटिक चाहिन्छ भन्ने गलत सूचनाबाट सतर्क रहन उनले सबैलाई आग्रह गरेका छन् । तस्बिर डा.पंगेनीको फेसबुकबाट









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया