डा. पंगेनीको सुझाब
‘कोरोना निको पार्छ भनेर जथाभावी औषधि प्रयोग गर्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु सरह हो’

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दो छ । कोरोनाका पुष्टि भएका ८८ हजार १६० जनामध्ये ८१ हजार ४३० संक्रमित होम आइसोलेसनमा रहेका छन् । ति संक्रमितलाई होम आइसोलेशनमा बस्दा कसैले पनि एन्टिबायोटिक प्रयोग गर्न नगर्ने चिकित्सकहरुले बताएका छन् । तर पछिल्लो समय कोरोना चाडो निको हुने भन्दै बजारमा विभिन्न थरीका औषधिको प्रचारबाजी भइरहेको देखिन्छ तर त्यिस्ता औषधिले काम नगर्ने अझ थप समस्या थपिने छाति रोग विशेषज्ञ डा.राजु पंगेनीले बताउँछन् ।
कोभिडका बिरामीका छातीमा देखिने दाग भाइरल न्युमोनिया हो, यसमा एन्टिबायोटिकले केही फाइदा गर्दैन, जथाभावी एन्टिबायोटिकको प्रयोग गर्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हाने सरह हुने उनको तर्क छ । उनका अनुसार जथाभावी एन्टिबायोटिक प्रयोग गर्दा कोरोनाको सामान्य समस्या छ भने पनि यस्ता औषधि सेवनले एन्टिबायोटिकले काम नगरेर भर्ना गरेरै नसाबाट कडा औषधी दिनुपर्ने अवस्था आउँन सक्ने बताएए । उनले भने, “हाल भएका पुरानै औषधीहरूको समुचित प्रयोग गरेनौं भने यो महामारीपछि एन्टिबायोटिक रेसिडेन्टको अर्को डरलाग्दो महामारीको सामना गर्नुपर्नेछ।
होम आइसोलेशनमा बस्ने कसैलाई पनि एन्टिबायोटिक चाहिँदैन, अस्पतालको वार्डमा भर्ना भएका धेरै कमु र आइसियुमा भर्ना हुने केहीलाई मात्र एन्टिबायोटिक चाहिन्छ। कोभिड छ भन्ने पक्कापक्की हुँदा समेत भइसक्छ भनेर एन्टिबायोटिक चाहिन्छ भन्ने गलत सूचनाबाट सतर्क रहन उनले सबैलाई आग्रह गरेका छन् । तस्बिर डा.पंगेनीको फेसबुकबाट
















फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया