बुधबार, वैशाख १७, २०८२

एमाले प्रमुख सचेतक भन्छन्-विश्वासको मत दिन नआउने, नदिनेलाई कारवाही हुन्छ

मेरोन्यूज २०७८ वैशाख २७ गते ११:५८

काठमाडौं । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने पार्टी सांसदलाई कारवाही गरिने बताएका छन् । पार्टीकै माधव नेपाल पक्षले अन्तिम समयमा आएर साुमहिक राजीनामाको बाटो छोडेर आजको बैठकमा अनुपस्थित हुने र ओलीलाइृ विश्वासको मत नदिने निर्णय लिएपछि प्रमुख सचेतक भट्टराईले त्यस्तो बताएका हुन् ।

माधव नेपाल समुहका सांसद बैठकमा अुनपस्थित हुने र प्रधानमन्त्रीलाइ मत नदिने निर्णय लिए नी ? अव एमालेले के गर्छ ? मेरोन्यूजको प्रश्नमा प्रमुख सचेतक भट्टराईले भने,- विश्वासको मत दिन नआउने, नदिनेलाई कारवाही हुन्छ ।

भट्टराईले हिजो मात्रै दलको तर्फबाट आफ्ना सांसदलाई प्रधानमन्त्रीलाइ विश्वासको मत दिन अनिवार्य ह्वीप जारी गरेका थिए ।

ह्वीप उल्लंघन गर्ने सांसदको पद खारेज देखि निलम्बन सम्मको अधिकार पार्टीलाई छ ।

प्रतिक्रिया