माधव नेपाललाई पार्टी विभाजन गर्न बामदेवको सुझाव
पार्टी विभाजन गरे ओलीलाई नभई नेपाल पक्षलाई साथ दिने घोषणा

काठमाडौं । एमालेका नेता वामदेव गौतमले माधव नेपालहरुलाई पार्टी विभाजन गर्न उक्साएका छन् । उनले प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलमा उनीसँग कुरा मिल्न नसकेको भन्दै माधव नेपालहरुले जुनकुनै अवस्थामा भएपनि पार्टी विभाजन गरेको भए आफु उक्त पार्टीमा सहभागी हुने धारणा सार्वजनिक गरेका हुन् ।
गौतमले आफ्ना प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत त्यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । गौतमले सुवेदीमार्फत आफनो धारणा सार्वजनिक गदैं भनेका छन्, तर, यदि उहाँहरूले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।
उनी तत्कालिन नेकपा विभाजित हुदा कतै पनि नलागी एकता राष्टिय अभियान चलाएर बसेका थिए । तर अदालतले एमले र माओवादी अलग गरिदिएपछि भने उनी एमालेको एकता अभियान चलाउँदै आएका थिए ।
गौतमले प्रधानमन्त्री ओलीसँग छलफल भएको तर ओलीले पार्टी मिलाउने तिर धारणा नराखेपछि आफुले साथ दिन नसक्ने धारणा राखेको वताएका छन् ।
ओलीले २०७५ जेठ २ मा एमालेलाई फर्काउन नमानेपछि आफ्नो साथ नरहेको गौतमले बताएका छन् ।
अध्यक्ष कमरेडसँगको कुराकानीबारे भन्दै गौतमले आफना प्रेस संयोजक सुवेदीमार्फत भने, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क केपी शर्मा ओलीसँग उहाँले नेकपा एमालेको स्थिती २०७५ जेठ २ गतेसम्मको मानेर अगाडी बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो तर क अध्यक्षले भन्नुभयो, म ०७५ जेठ २ भन्दा धेरै अगाडी बढिसके । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।
प्रतिनिधिसभामा गौतम पक्षका एकजना सांसद गौतम पत्नी तुलसा थापा छन् भने राष्ट्रियसभामा गौतम आफूमात्र छन् ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया