कोरोना सङ्क्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोलमा

जाजरकोट । कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् ।
सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो । नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ ।
गाउँमा बिरामी भएको खबरका आधारमा ल्याबसहितको टोली पुगेर ज्वारो आएको भए तत्काल आरडिटी जाँच गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरी सोहीअनुसारको उपचार गर्दै आएको गौतमले बताए ।
ज्वरो आएर कोरोनाको लक्षण मिल्ने खालको बिरामी भएमा पिसिआर जाँच गर्न स्वाब सङ्कलन गरी सुर्खेत पठाउने गरिएको छ ।
पूजा र विवाहले कोरोना बढायो
चैत र वैशाखमा धेरै विवाह तथा पूजा भएका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढाउने गतिलो माध्यम भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
विवाह र पूजामा धेरै मानिस जम्मा हुँदा एकले अर्कोलाई कोरोना सार्दा वडा नं ३ मा जाँच गर्दा ७० प्रतिशतमा कोरोना देखिएको गौतमले जानकारी दिए ।
सामाजिक पर्वका रूपमा स्थापित हुँदै आएका यस्ता कार्यमा जसरी भए पनि सर्वसाधारण सहभागी हुँदा कोरोना सङ्क्रमण फैलिएको हो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड लागू गरेको भए पनि गाउँका अधिकांश ठाउँमा प्रशासनको आदेश कसैले पनि नमानेको पाइएको छ ।
ज्वरो आउँदा धामीको शरण
गाउँघरमा बिरामी हुँदा अस्पतालभन्दा पहिला धामीझाँक्री कहाँ पुगेर देखाउने चलन कायमै छ । देवीदेवताको आँखा लागेर बिरामी भएको भन्दै धामीलाई देखाउने चलनले कोरोना बढ्न थप मद्दत गरेको छ ।
स्थानीय तहका मुकाममा मात्र सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरे पनि गाउँमा त्यस्तो कुनै पालना नभएको पाइएको छ ।
मुकामकै भित्री भागमा जुवातास
निषेधाज्ञा भएको समयमा सबै फुर्सदमा हुँदा सदरमुकामका भित्री भागमा जुवातास खेल्नेको सङ्ख्या बढेको छ । मन मिल्ने साथीहरु जम्मा भएर तास खेल्दै समय बिताउने गरेको पाइएको हो ।
अघिल्लो वर्ष मात्र जुवातास खेलिरहेको ठाउँबाट धेरैलाई कोरोना लागेको थियो । अहिले पनि थाप्ले, माथिल्लो थाप्ले र पिपलडाँडालगायतका ठाउँमा भित्रीरूपमा जुवातास खेल्ने गरेके भेटिएको हो । (रासस)
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया