एनएसएल फुटबलमा आजबाट प्लेअफ चरणका खेल सुरु हुँदै
पहिलो क्वालिफायरमा आज काठमाडौंं धनगढी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा आजबाट प्लेअफ चरणका खेल सुरु हुँदैछन् । प्रतियोगीताको पहिलो क्वालिफायरमा आज शीर्ष स्थानको काठमाडौंं रेजर्स र दोस्रो स्थानको धनगढी एफसीबीच प्रतिस्पर्धा हुने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली सहज जितसंगै फाईनलमा स्थान सुरक्षित गर्ने योजनामा हुनेछन् । लिग चरणको खेल सकिंदा काठमाडौंको १३ र धनगढीको १० अंक छ ।
लिगचरणमा भएको भेटमा काठमाडौंलाई ३–० ले हराएको धनगढी क्वालिफायरमा पनि आफ्नो सोहि लय कायम राख्दै उपाधिनजिक पुग्ने योजनामा छ । काठमाडौं भने सो हारको बदला लिदै फाईनलमा प्रवेश गर्ने प्रयासमा रहेको छ । आजको विजेताले फाईनलमा स्थान बनाउनेछ भने पराजित टोलीले फाईनलमा स्थान बनाउन दोस्रो क्वालिफायरको विजेतासंग ईलिमिनेटर खेल खेल्नेछ । दोस्रो क्वालिफायरमा भोली ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल जेठ १ गते हुनेछ ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया